काठमाडौं- अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्।
बुधबार बागमती क्याम्पसका विद्यार्थीहरूलाई 'सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्र'का विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले युवाको राजनीतिक हस्तक्षेपबारे बताए।
उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउन राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताए। डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए।
उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए। उनले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको मुलुक भए पनि आत्यधिक कम मात्रै पर्यटक आउने गरेको बताए। उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए।
वाग्लले नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्च १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए। उनले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे। डा. वाग्लेले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्या।एर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताए।
‘नेपालको भू-बनोटले पर्यटनमा ठूलो सम्भावना दिएको छ। पर्यटक ल्याउने मोडल एकदमै कम भयो। अहिले १.२ मिलियन मात्रै पर्यटक आउँछन्। लाओस् जस्तो देशमा ५ मिलियन पर्यटक आउँछन्। थाइल्याण्डमा ४० मिलियन आउँछन्,’ उनले भने, ‘तर पर्यटकको ठूलो सम्भवना रहेको देशमा पर्यटकको सख्या एकदमै कम छन्। नेपालले पाँच वर्षमा २० लाख पर्यटक ल्याउनसक्ने र पर्यटकहरुले हेरक दिन १०० डलर खर्च गर्ने बनाउन सक्नुपर्छ। अहिले नेपालमा काठमाडौं,पोखरा र चितवन गरेर १३ दिनसम्म बस्छन्। पर्यटक बस्ने अवधि बढाएर १६ दिनसम्म बनाउन सक्यौँ भने पर्यटकबाट ठूलो आम्दानी गर्न सकिन्छ । त्यसको लागि हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ।’
अहिले नेपाललाई रेमिट्यान्सले धानेको भन्दै उनले रेमिट्यान्सले नेपाललाई टाढा नलग्ने बताए। उनले अब विदेशी लगानी नै भित्र्याउनुपर्ने भन्दै नेपाली उत्पादनलाई विदेशमा पुर्यााएर आम्दानी पनि बढाउनुपर्ने बताए।
‘पर्यटन,विदेशी लगानी बढाउँदा, उत्पादन बढाउँदा पनि नेपालको आर्थिक क्षेत्रबाट माथि उठाउन सक्छ । भू-परिवेष्ठित देशहरू गरिब हुन्छन् । नेपालमा पछिल्लो सय वर्षमा ढुवानी खर्च बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा सहज रुपमा पुग्न सकेनौं,’ उनले भने, ‘नेपालले भन्दा अन्य देशले उत्पादन गरेका वस्तुहरू सहज र सस्तोमा लान सकेका छन्। नेपालले तत्काल पुग्न सक्ने सफ्ट्वेयर तथा डिजिटलाइजेसनमा जानुपर्छ।’
राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धा गर्नसक्ने गरी बनाउनुपर्ने बताए । ‘मुलुकको अर्थतन्त्र सबल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन,’ उनले भने, ‘त्यसैले मुलुकको अर्थतन्त्रमाथि लैजानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ।’
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरू पग्लिरहेको बताए । उनले लोकल ब्ल्याक कार्वनले ग्लोबल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरू तातेर पग्लन थालेको बताए। उनले अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नको लागि सबै मुलुक मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘भारतमा भएको वायु प्रदूषणले अहिले नेपालका हिमाल पग्लिरहेका छन् । ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पारेको छ,’ उनले भने, ‘ग्लोवल ग्रिनहाउस क्यास असर युरोप अमेरिकाहरूले गरे। अहिले चीनले गर्दैछ। तर लोकल ब्ल्याक कार्वनले पनि असर पारिरहेको छ। इँट्टा भट्टाभरुले असर पारेको छ। त्यसको साधान खोज्नुपर्ने छ।’
नेपालले आर्थिक नीतिहरू भारतसँग समन्वय भएर गरेन भने गाह्रो हुने उनले बताए।
‘अहिले नेपालमा १ सय रुपैयाँ भारुको नेपालमा १ सय ६० रुपैयाँ पर्छ। त्यसले धेरै अन्तर्राष्ट्रिय नीतिहरूमा फरक पारेको छ,’ उनले भने, ‘त्यसले गर्दा नेपालको आर्थिक नीति भूराजनीतिलाई बुझेर व्यवस्थापन गर्नसके नेपाल सन् २०३० सम्मको अर्थतन्त्रको मार्गचित्र माथि लैजाज सक्छौँ।’
डा. वाग्लेले नेपालको आर्थिक नीतिहरू भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए।
उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर नीतिमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।