काठमाडौं– पूर्व सञ्चारकर्मी एवं राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध अनेक फण्डा गर्नका लागि एक जत्था चितवनमा डेरा जमाएर बसेको बताएका छन्।
आफूविरुद्ध नागरिकताका विषयमा परेको उजुरीबारे प्रष्ट पार्न सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै लामिछानेले हरेक दिन कुनै न कुनै फण्डा गर्नका लागि एक जत्था चितवनमा बसेको दावी गरे।
उनले आफूलाई फिजिकल र डिजिटल रुपमा आक्रमण भइराखेको बताए। नागरिकताका विषयमा भने चार वर्षअघि नै सल्टाइसकेको बताउँदै उनले अहिले अनेक खालको प्रपञ्च भइरहेको बताए।
‘यी सबै फण्डाको उत्तर दिने समय मंसिर ४ गते हो’, उनले भने। साथै उनले निर्वाचन आयोगमा परेको उजुरीबाट विचलित नहुन आग्रह गरे। चितवन–२ मा लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।