• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

64x64
रासस बुधबार, कात्तिक ३०, २०७९  ०९:३१
1140x725

रामपुर– चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन्। आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ। किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन्। 

परम्परागत कृषि प्रणालीले किसानले फड्को मार्न नसकेको भन्दै नयाँ प्रविधिको विकास, कृषिमा सहुलियत अनुदान, बजारीकरण, गाउँमा बाँदर आतङ्क रोक्नेलगायतको प्रबन्ध मिलाउन गुनासो उम्मेदवारसमक्ष सुनाउँदै यसमा सम्बोधन गरी प्रतिबद्धता जनाउन अनुरोध गरिरहेका छन्।

प्रविधिबारे राम्रो ज्ञान र सीप नहुँदा किसानले लागतअनुसार उत्पादन लिन नसकिरहेको रामपुरका दिलबहादुर थापा बताउँछन्। धेरै मेहेनत र परिश्रम गरे पनि किसानमा खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा केही गर्ने आशा बोकेर कृषिमा लागेका युवा टिक्न नसकेको उनले बताए। 

‘व्यावसाय सुरु गरेर बीचमै धेरैले छाडेका छन्, व्यावसायिकरूपमा कृषि गर्ने कम छन्, तिनलाई कृषिमै टिकाउने वातावरण नेतृत्वले ल्याउनुपर्छ’, उनले भने, ‘अर्कोतर्फ प्रविधि नजान्दा लगानी र मेहेनतअनुसारको उत्पादन किसानले लिन नसकिरहेको अवस्था छ, बेला–बेलामा प्रविधिसम्बन्धी ज्ञान, सीप सिकाउने र बाहिरबाट भित्रिने कृषि उपज कम गरी स्थानीय उत्पादनले नै बजार ढाक्ने वातावरण कृषकलाई चाहियो।’

थापाले साना, मझौला र ठूला किसान वर्गीकरण गरी सोको आधारमा सबैलाई कृषि अनुदान उपलब्ध गराउनुपर्ने थापा बताए। भर्खरै व्यवसाय सुरु गर्नेलाई व्यावसायिक बनाउने र व्यावसायिक किसानलाई उद्यमी बनाउने योजना नेतृत्वले ल्याउनुपर्ने उनी बताउँछन्। निर्वाचनमा मत माग्न घर आउने उम्मेदवारलाई किसान विशेष योजना लिएर आउन थापाले अनुरोध गरेका छन्। 

व्यावसायिक तरकारी तथा फूलखेती गरेका थापाको फार्ममा भेटघाट गर्न पुगेका नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दीप रानाले सो कुराको प्रबन्ध गर्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उनले साना किसानलाई व्यावसायीकरण गरी यसबाटै निर्धक्कसँग बाँच्ने आधार सिर्जना गर्ने खालको कार्यक्रम ल्याउने बताएका छन्। 

‘किसानलाई सम्मान र प्रोत्साहनमूलक खालका कार्यक्रम ल्याउने, समयअनुसार चलनचल्तीमा आएका आधुनिकीकरण प्रविधि विस्तार, कृषि पेशालाई सम्मानित र गर्व गर्न लायकको कार्यक्रममा जोड दिनेछु, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर बाहिरबाट भित्रिने कृषि उपजलाई रोक्ने खालका योजना किसानमाझ ल्याएको छु’, उम्मेदवार रानाले भने। 

रम्भा गाउँपालिका १ सगाहाका अगुवाका कृषक ऋषिराम अर्याल साना र टुक्रे योजना ल्याउनुभन्दा राज्यले देखिने र प्रतिफल दिने खालका योजना आवश्यक रहेको बताउँछन्। उनले गाउँघरमा मत माग्न आएका उम्मेदवारलाई उत्पादन क्षेत्र विभाजन गरी पकेट क्षेत्र विस्तारका कार्यक्रममा जोड दिनुपर्ने माग गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘कृषिमा साना योजनाले दीर्घकालीनरूपमा व्यवसाय टिकाउन सकिँदैन, व्यवसाय गरेपछि बीचमै छाड्न नपर्ने गरी व्यवसाय गर्ने वातावरण बनाउनइदिनुपर्छ, अनुदानमा किसानलाई विभेद छ, व्यवसायको आधारमा उपलब्ध गराउनुपर्छ।’ गाउँमा बाँदर आतंकले सताउने गरेकाले यसको व्यवस्थापनमा सबैले विशेष योजना बनाएर किसानले आफ्ना खेतबारीमा ढुक्कले खेती लगाउने वातावरण सिर्जना गरिदिनुपर्ने अर्यालको भनाइ छ। 

निस्दी गाउँपालिका–२ सहलकोटस्थित भाङबारीका यमबहादुर मश्राङ्गीले गाउँमा खेर गएका पाखो बारीभरि तरकारी लगाएर हरियाली बनाएका छन्। विगत एक दशकदेखि गाउँको जग्गा सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती थालनी गरेका यमबहादुरले प्रशस्त तरकारी उत्पादन गर्छन्। 

यमबहादुरले हाल करिब १२ रोपनी जग्गामा विभिन्न जातका तरकारी बाली लगाएर जग्गा हराभरा बनाएका छन्। तरकारी फल लाग्न थालेपछि बजार पु¥याउने चिन्ताबाट अहिलेसम्म मुक्त हुनसकेका छैनन्। 

‘पानी नपरेका समय गाडीमा राखेर बजार पठाउने गरिएको छ, गाउँको कच्ची बाटो ढुवानी भाडा महँगो तिर्नुपर्छ’, उनले भने, ‘पानी परेपछि कच्ची बाटो पूरै बन्द हुँदा बजारको समस्याले सधैं पिरोल्छ।’ हाल उनको बारीमा चौमासे सिमी, गोलभेँडा, बन्दा जातका तरकारी बाली छन्। 

Xtrem

Xtrem

बजारदेखि गाउँ जोडिएका सडक बाह्रै महिना गाडी सजिलै गुड्ने व्यवस्था गराउन उम्मेदवारसँग अनुरोध गरेका छन्। वर्षायाममा तरकारी बजार समयमा नै सडक समस्याले पठाउन नसक्दा बारीमै कुहिएर जाने गरेको यमबहादुरको गुनासो छ।

‘गाउँमा प्रशस्त जग्गा छन्, तरकारी जति पनि उत्पादन गर्न सक्छौं तर हामी किसानलाई बजारमा सहजरूपमा पुर्‍याउने माध्यम चाहियो, अब निर्वाचन जितेर आउने नेतृत्वले किसानको समस्यालाई दृष्टिगत गर्दै बजारसम्म जुनसुकै समयमा सजिलै ढुवानी गर्न सक्ने वातावरण मिलाइदिनुपर्‍यो’, उनले भने। 

किसानलाई सानो सहयोगभन्दा पनि प्याकेजमा ठूला खालका कार्यक्रम आवश्यक रहेको उनको माग छ। उनले वार्षिकरूपमा तरकारी बेचेर करिब नौ लाखसम्मको आम्दानी गर्न सफल भएका छन्। उत्पादन गरेका तरकारी हाल रामपुरको बेझाड बजारमा बिक्री गर्दै आएका छन्। रामपुरबाट गाउँसम्म जोड्ने सडक व्यवस्थित नहुँदा कहिलेकाहीँ लगानी पनि उठाउन धौ–धौ हुने गरी महँगो भाडा तिरेर बजार पठाउनुपर्दा किसानलाई समस्या परेको उनको भनाइ छ। 

सडक पूर्वाधार बलिया र भरपर्दो नहुँदा गाउँमा तरकारी लगाएका किसान उत्पादन लिने समय भएपछि सजिलैसँग बजार पठाउन पाइन्छ या पाइँदैन भन्ने चिन्तामा पिरोलिएका हुन्छन्। उत्पादन लिने बेला वर्षा पर्दा सबै तरकारी बारीमै कुहाउन धेरैपटक बाध्य हुनुपरेको किसान बताउँछन्।

व्यावसायिक खेती गरेका कतिपय किसान प्रविधि नजान्दा लगानी उठाउन नसक्ने अवस्था छ। अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुँदा साना र वास्तविक किसान सधैँ राज्यको सुविधा लिनबाट बञ्चित हुनुपरेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०९:३१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी बुधबार, असोज ७, २०८३
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्