काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राजकुमार पाण्डेले निवेदन दिएका हुन्।
लामिछानेविरुद्धको उजुरीबारे निर्णय गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन पठाइएको छ। उनीविरुद्धको उजुरी दर्ता गराएको निर्वाचन आयोगका एक आयुक्तले बताए ।
लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता नत्यागेको भन्दै उनीविरुद्ध उजुरी दिइएको बताइएको छ। उनले भने आफूले पहिले अमेरिकाको नागरिकता लिएको तर अहिले त्यागिसकेको दाबी गर्दै आएका छन्। तर, उनले अमेरिकी नागरिकता लिनुअघि नेपाली नागरिकता त्यागेको–नत्यागेको भन्नेबारे केही बोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।