• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिनिधि सभामा महिला

रेशम चौधरीको विरासत जोगाउन चुनावी मैदानमा उत्रिएकी रञ्जिता

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १, २०७९  १५:१८
1140x725

काठमाडौं– विसं २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा  कैलाली-१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट रेशम चौधरी निर्वाचित भए। त्यतिबेला चौधरी अदालतको फरार सूचीमा थिए। ्

३२ हजार ३ सय ४१ मत ल्याएर विजयी बनेका चौधरीले वामगठबन्धनकी साझा उम्मेदवार समेत रहेकी निकटतम प्रतिद्वन्दी एमालेकी मदन कुमारी शाहलाई २० हजार ९ सय ३५ मतान्तरले पछि पारेका थिए।

१४ फागुन २०७४ मा जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने आदेश दिएपछि चौधरीलाई जेल चलान गरियो। 

चुनाव जितेको १३ महिनापछि सांसद चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई १९ पुस २०७५मा सिंहदरबारमा शपथ खुवाए। डिल्लीबजारस्थित सदर खोरमा जेल जीवन बिताइरहेका चौधरीलाई सिंहदरबार झिकाएर शपथ खुवाइएको थियो। सांसदको लोगोसहित चौधरीलाई पुनः कारागार पठाइएको थियो। 

आजीवन कारावासको फैसला सुनापश्चात् चौधरी हाल जेलजिवन बिताइराखेका छन्। यद्यपि विरासत जोगाउन र थरुहट आन्दोलनको एजेण्डा स्थापित गर्न चौधरीको संघर्ष जेलभित्रबाट पनि जारी छ। 

१९ पुस २०७८ मा चौधरीको श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी स्थापना भयो। उनै रञ्जिता आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कैलाली-१मा उम्मेदवार बनेकी छन्। ‘रेशमजी जेलमा हुनुहुन्छ। उहाँको विरासत जोगाउन र थारुहटको आन्दोलनको एजेण्डा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा आइपर्यो । त्यसकारण म चुनावमा उम्मेदवार उठेँ,' रञ्जिता भन्छिन्। 

टीकापुर नगरपालिकाका पूर्वमेयर नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल र पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौँधरीसँग रञ्जिताको रोचक प्रतिष्पर्धा देखिनेछ। निर्वाचन आयोगको विवरण अनुसार यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

रञ्जिता पहिलो पटक चुनावी मैदानमा उत्रँदैछिन्। रञ्जिताको लागि यो चुनाव ठूलो चुनौती पनि हो। यद्यपि  स्थानीय तहको निर्वाचन र जनताको विश्वासका कारण आफू विजयी हुने दाबी रञ्जिताको छ। तर नेकपा एमालेका  उम्मेदवार र गठबन्धका साझा उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपरेकाले रञ्जिता आफूले निकै मिहिनेत गर्नुपरेको बताउँछिन्। 

Ncell 2
Ncell 2

'टीकापुर घटना आपराधिक हैन' 
रञ्जिता घरदैलो कार्यक्रममा जनताहरू उत्साहित भइरहेको र आफूले माझ सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन्। 'पाँच वर्ष यहाँका जनता प्रतिनिधिविहीन भए।  म रेशमजीको ठाउँमा अभिभावक बन्न आएँ,' उनी भन्छिन्। 

यतिबेला उनको पहिलो एजेण्डा टीकापुर घटनालाई राजनीतिक घटनाका रुपम स्थापित गराउनु छ। 

७ भदौ २०७४ मा थरुहट आन्दोलनको क्रममा एसएसपी लक्ष्मण न्यौपाने सहित ६ सुरक्षाकर्मी र १ बालक मारिएका थिए। उक्त  घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीले जेल जीवन बिताइरहेका छन्। यो घटनालाई आपराधिक नभएर राजनीतिक घटनाका रुपमा स्थापित गराउने एजेण्डा नागरिक उन्मुक्त पार्टीको छ। 

उनले दलको प्रमुख एजेण्डाहरू सुशासन, समृद्ध र पहिचान रहेको बताएकी छन्। यस क्षेत्रको विकासमा लागि मुख्यत: शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, सडक, विपद् व्यवस्थापन, संस्कृति र पर्यटन प्रमुख रहने उनको दाबी छ। 

उनी दिगो विकासका लागि आफूले पहल गर्ने बताउँछिन्। ‘यसले आर्थिक वृद्धि, सामाजिक न्याय प्राप्त गर्न, वातावरणीय व्यवस्थापनको अभ्यास र सुशासनलाई सुदृढ गर्ने ढाँचा प्रदान गर्छ,’ उनी भन्छिन्। 

सञ्चारकर्मीबाट राजनीतिकर्मीको यात्रा
टीकापुर घटना हुनुअघि रञ्जिता सञ्चारकर्मी थिइन्। टीकापुरमा फुलबारी एफएम यसैको संस्करण भुरी गाउँ र वर्दियामा थियो। त्यहाँ तीन वटा एफएम सञ्चालनमा थिए। रेशम थरुहट आन्दोलनमा होमिएका बेला रञ्जिता एफएममा व्यस्त थिइन्। उनलाई राजनीतिमा आउने खास रुचि थिएन। 

यदि रेशम चौधरी जेल हुन्थेनन् भने रञ्जिता सायदै सक्रिय हुन्थिन् राजनीतिमा। ७ फागुन २०३९ मा काठमाडौंको क्षेत्रपार्टीमा जन्मिएकी रञ्जिताको पृष्ठभूमि पनि राजनीतिक हैन। २९ भदौ २०५५ मा बालदिवसको दिन पहिलो पटक उनको रेशमसँग भेट भयो। भेटको दुई महिनापछि उनीहरूले विवाह गरे। 

रञ्जिताको काँधमा अहिले पार्टीको नेतृत्व पनि छ। नागरिक उन्मुक्ति पार्टी घोषणाको ९९ दिनपछि भएको स्थानीय तहको चुनावमा उनको पार्टीले कैलालीका ४ वटा पालिका जित्न सफल भयो। त्यसकारण उनी जनताले आफू र पार्टीलाई विश्वास गरेको ठान्छिन्। 

संसद पुगे टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग
उनी संसदमा पुगेपछि टीकापुर  घटनाको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने बताउँछिन्। ‘आयोगका प्रतिवेदनमा पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। हाम्रो दलले सार्वजनिक गराउन दबाब दिनेछ,' उनी भन्छिन्।

यो क्षेत्रमा टीकापुर नगरपालिका, जोशीपुर नगरपालिका, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७ र भजनी नगरपालिकाको वडा ६ र ८ छन्। यहाँका चारै पालिकामा नागरिक उन्मुक्ति पार्टिले स्थानीय तहमा जित हासिल गरेको छ। 

स्थानीय तहका निर्वाचनमा वडाध्यक्षले पाएको मत केलाँउदा मात्र पनि नागरिक उन्मुक्ति पार्टी सबैभन्दा अगाडि छ।

कांग्रेस र माओवादीको मत जोड्दा भने गठबन्धन थोरै मतले अगाडि देखिन्छ।

यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्तिले १७ हजार १ सय ९३ मत पाएको थियो । कांग्रेसले ११ हजार ६ सय ४२, एमालेले १० हजार ३ सय ३२, माओवादीले ६ हजार ९  सय ५७, राप्रपाले ४ हजार ६, जनता समाजवादी पार्टीले २ हजार ३ सय २ र एकीकृत समाजवादीले २ हजार  २ सय ३२ मत पाएका थियो। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:१८
  • #चुनाव_२०७९
  • #रेशम_चौधरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्