काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृतिमाथि जनताको विजय भएको उद्घोष गरेका छन्।
मंगलबार नपलपरासी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले केपी शर्मा ओली नेतृत्वको गठबन्धनलाई महाभारको कौरव पक्षको संज्ञा दिएका छन्।
उनले संविधानको रक्षा, स्थिरता, विकास र समृद्धिमार्फत मात्रै राजनीति स्थायित्व हुनेमा जोड दिए। उनले यो निर्वाचन महाभारतजस्तो र जनमत संग्रह जस्तो भएको ठोकुवा गरे।
‘यो पटकको निर्वाचनमा हामी पाँचदलीय गठबन्धन पाँच पाण्डवको रुपमा छौं। अर्कातिर कौरवको एउटा हुल छ केपी ओलीको नेतृत्वमा। मंसिर ४ गते महाभारत हुँदैछ’, उनले भने, ‘आम जनसमुदायहरू साबधान! यो महाभारतमा जनताको जित सुनिश्चित गर्नुछ। यो महाभारतमा राष्ट्रको एकताका लागि हामीले गठबन्धनमा भनिसकेका छौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीको गठबन्धन संविधान उल्टाउने खोज्ने, राजतन्त्र हटाउन चाहेको आरोप लगाए। ओलीले लोकतन्त्र मास्ने, महिला, आदिवासी–जनजातिको अधिकार मास्ने काम गरेको भन्दै त्यसलाई कायम राख्न मंसिर ४ गते सत्ता गठबन्धनलाई भोट दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।