• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी

काठमाडौं २ : तीन महिला उम्मेदवार, तीन अजेण्डा, तीन प्रचारशैली

64x64
धनु विश्वकर्मा बुधबार, कात्तिक ३०, २०७९  १३:३३
1140x725

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं- २ मा तीन जना महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल उम्मेदवार बनेका छन्। 

को हुन् ओनसरी घर्ती?
२०४६ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी ओनसरी माओवादी जनयुद्धमा सामेल भइ जनमुक्ति सेनाको बटालियन कमिसारसम्म भइन्।

Onsari_Gharti_magar1664359718.jpg

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी ओनसरी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा- २ बाट सभासद् चुनिइन्। २०७४ मा भने उनी समानुपातिकबाटै सांसद् बनिन्। 

पहिलो महिला सभामुख बनेकी ओनसरीले २०६८ मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्। यो पटक भने उनी रोल्पाबाट काठमाडौं झरेकी छन्। सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटअनुसार काठमाडौं- २ माओवादीको भागमा परेपछि उनी संघीय राजधानीबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी छिन्। 

को हुन् कुन्ती पोखरेल?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्ती युवा उद्यमीका नामबाट पनि परिचित छन्। लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी अहिले काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छिन्।

Kunti_pokhrel1668506946.jpg

सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय कुन्ती राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागकी अध्यक्ष हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

को हुन् सोविता गौतम? 
सोविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं- २ मा उम्मेदवार बनेकी छिन्। २७ वर्षीया सोविता अधिवक्ता र टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता हुन्।

Sovita_gautam_Kathmandu_21668506973.jpg

नेपाल युवा संस्था सञ्जालको निवर्तमान वोर्ड सदस्य रहेकी सोविताले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कानुनी सल्लाहकार भएर काम गरेकी छन्। 

सुशासनका तीन अजेण्डा
ओनसरीले सुशासनका सम्बन्धमा डिजिटल प्रशासनको अवधारणालाई मूर्त रुप दिने प्रतिवद्धता जनाएकी छिन्। उनले आफ्नो प्रतिवद्धतापत्रमा आर्थिक पारदर्शिता, शून्य भ्रष्टाचारको नीति लागु गर्ने उल्लेख गरेकी छन्। त्यस्तै, सरकार र सरकारको मातहतमा रहेका कार्यालयहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्ने उनले जनाएकी छिन्।

Xtrem

Xtrem

सोविताले भने छ्ट्टै सुशासनको सम्बन्धमा वाचापत्र अघि सारेकी छैनन्। उनको पार्टीले जनताका लागि सरकार सञ्चालन भन्ने मुल नाराका साथ झन्झटरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालनको वाचा गरेको छ। 

‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छोडिन्न’ भन्ने नारासहित भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले यस विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने पनि स्वतन्त्र पार्टीले वाचा गरेको छ।

त्यस्तै, महिला तथा अन्य लिंगका व्यक्तिहरुलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मुलधारमा स्थापित गराउने पनि उनको प्रतिवद्धता छ।

राप्रपाकी उम्मेदवार कुन्तीको पार्टीले सुशासनमा बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौँ भन्ने मुल नाराका साथ उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गरिने उल्लेख गरेको छ।

विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार ल्याइने राप्रपाको घोषणापत्रमा जनाइएको छ। त्यस्तै, राजनीतिक दलरहित संवैधानिक परिषद निर्माण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। 

प्रचारशैली
ओनसरीले घरदैलो अभियान कात्तिक १७ गतेदेखि कागेश्वरी मनोहरा नगरपालिका- ९ बाट सुरु गरेकी हुन्। यसअघि भने उनले विभिन्न कार्यक्रममा आफ्ना एजेण्डा प्रस्तुत गर्दै आएकी छन्।

ओनसरीले घरदैलोमा आफ्नो परिचय दिँदै मत मागिरेहकी छिन्। उनको साथमा सत्ता गठबन्धनका कार्यकर्ता छन्। उनी कांग्रेस, माओदावी र एकीकृत समाजवादीका झण्डा लिएर घरघरमा मत माग्दै आएकी छन्। 

ओनसरीले यो क्षेत्रको विकास गर्न नसके सांसदबाटै राजीनामा दिने बताउँदै आएकी छन्। लामो राजनीतिक बिरासत बोकेकी ओनसरीलाई यो क्षेत्रमा एमालेका मणिराम फुयाँल, सोविता र कुन्तीको डर छ।

माओवादीको आफ्नै पकड क्षेत्र नभएकाले यो क्षेत्रमा उनलाई सत्ता गठबन्धनको मात्र भर छ। उनको राजनीतिक जीवन, सामान्य जीवनशैली भएको छवि, कहिल्यै विवादित नभएकी र गठबन्धनको समर्थनमा जित निकाल्न सक्ने आकलन गरिएको छ।

ओनसरी जस्तै सोविता पनि काठमाडौंका युवाहरुको रोजाइमा परेकी अनुहार हुन्। उनको प्रचारप्रसार भने उम्मेदवारीको घोषणासँगै भएको हो। उनी युवाहरुको साथ लिएर हातमा घण्टी बोक्दै मत मागिरहेकी छिन्।

भ्रष्टाचारमुक्त देश बनाउने नै उनको मुल मन्त्र रहेको छ। उनलाई कलाकारहरु वर्षा शिवाकोटीदेखि उषा उप्रेतीसम्मले समर्थन जनाएका छन्। सोविता घरदैलोमा गएर वृद्धवृद्धाका हात आफ्नो टाउकोमा राख्दै आर्शिवाद लिएर मत माग्दै आएकी छिन्।

सोविता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेकी उनी छोटो समयमै युवा पुस्तामाझ र्चित भएकी छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेसँगै युवा पुस्ता अग्रसर भएको जानकार बताउँछन्। धरानदेखि धनगढीसम्म स्वतन्त्रको लहर चलेसँगै सोविताले जित निकाल्न सक्ने उनका समर्थको भनाइ छ।

३५ वर्षीया कुन्ती पनि घरदैलो अभियानमा व्यस्त छिन्। उनी कहिले होटेलतिरका कार्यक्रममा त कहिले गाउँतिरका चौतरीमा उभिएर भाषण गर्दै मत मागिराखेकी छन्। उनको मुख्य चुनावी एजेण्डा भने ओनसरीलाई लक्षित गरी पर्यटक उम्मेदवारलाई मत नहालौँ, स्थानीयलाई जिताउँ भनेर मत मागिरहेकी छन्।

यो चुनाव धर्मयुद्ध जस्तै भएकोले महाभारतकी कुन्तीले जस्तै धर्मयुद्धमा जिताउन अपिल गर्दै हिँडिराखेकी छन्। उनी मतदातासँग सनातनी धर्मको संरक्षण, युवा रोजगारी तथा महिला, बालबालिका र वृद्धवृद्धाको साथमा रहने भन्दै घरदैलोमा मत मागिराखेकी छन्।

यो क्षेत्रबाट २०७४ मा तत्कालीन एमालेका नेता एवं अहिलेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितेका थिए। उनी त्यो बेला एमालेका तर्फबाट वाम गठबन्धनका साझा उम्मेदवार थिए। नेपालले २७ हजार ३६६ मत ल्याउँदा कांग्रेसका दीपक कुईंकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:३३
  • #प्रतिस्पर्धी
  • #ओनसरी घर्ती
  • #सोविता गौतम
  • #कुन्ती पोखरेल
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्