काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार तथा राप्रपाकी नेतृ रेखा थापाले सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार मोरङ ३ मा भएको घरदैलो कार्यक्रमा बोल्दै उनले सुकुम्बासीको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताएकी हुन्।
‘सुकुम्बासीलाई हाम्रो पार्टीले जिम्मा लिन्छ। म लिन्छु। सकुम्बासीको समस्या म समाधान गर्छु। यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।