• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिक उम्मेदवार पौडेलको दाबीः राप्रपाले प्रत्यक्षमै २० भन्दा बढी सिट जित्छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  २१:२७
1140x725

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक तर्फका उम्मेदवार उद्धब पौडेलले आसन्न निर्वाचनमा आफ्नो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नै २० सिटभन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

राप्रपाको कार्यसम्पादन समितिका सदस्यसमेत रहेका पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले यो निर्वाचनमा चमत्कारिक परिणाम निकाल्ने दाबी गरेका छन्।

‘राप्रपाले यसपटक प्रत्यक्षमा २० भन्दा बढी सिट जित्छ। काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ। आगामी संसद्मा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ’, उनले भनेका छन्।

पौडेलले इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षणको आवाज उठाउने एकमात्र पार्टी राप्रपा भएकाले जनताले राप्रपाको अजेन्डा मन पराएको दाबी गरेका छन्।

चलचित्रकर्मीसमेत रहेका पौडेलले विराटनगरको उपप्रधानपञ्चबाट राजनीति सुरु गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञप्तिको पूर्णपाठ:

आदरणीय पत्रकार साथीहरू,
हामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छौं, राप्रपाले प्रतिनिधिसभाको १४२ र प्रदेशसभाको २८६ निर्वाचन क्षेत्रमा उमेदवारी दिएको छ। हामी उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौं । म स्वयं पनि प्रतिनिधिसभा तर्फ समानुपातिक उमेदवार छु, पत्रकार साथीहरूबाट सदा झैं माया, स्नेह र हौसलाको अपेक्षा राखेको छु ।
१. म विराटनगरमा जन्मिएँ, हुर्किएँ, किशोरावस्था विराटनगरमा बिताएँ । जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई राजधानी काठमाडौं पु¥यायो । चलचित्र क्षेत्रमा चार दशक निरन्तर क्रियाशील भएँ, नेपाली चलचित्र क्षेत्रको विकास, रोजगारी सिर्जना र देशको राष्ट्रिय कोषमा न्युन भएपनि योगदान दिन सकेकोमा मलाई सन्तोष र गर्वको अनुभूति हुन्छ । विगत एक दशकदेखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय छु। विराटनगरको उप प्रधानपञ्चबाट शुरु भएको मेरो राजनीतिक करियर चलचित्र क्षेत्रबाट अवकाश लिएपछि पुनः शुरु गरेको हुँ । मलाई विराटनगरले जन्म मात्रै दिएन, मेरो परिचय दिलायो, विराटनगरले मलाई लगाएको गुन र ऋण तिर्न बाँकी छ त्यसैले विराटनगरबाट नवीन अध्याय शुरु गर्दैछु । समृद्ध विराटनगर मेरो सपना मात्रै होइन संकल्प पनि हो ।
२. यथास्थितिबाट देश अघि बढ्न सक्दैन । क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं । तीस, चालिस वर्षअघि हामी सरह रहेका देशहरू अहिले विकास र आर्थिक दृष्टिकोणबाट धेरै अगाडि गइसके । हामी अझै पनि गरिबी, पछौटेपन, रोग, भोक, अशिक्षाको न्युनतम मापदण्डको सेरोफेरोमा छौं । यस्तो किन भयो ? के नेपालमा विकास, समृद्धि सम्भव छैन ? राप्रपाले बदल्न सम्भव छ भन्ने जागरणका साथ यो निर्वाचनलाई एउटा अवसरको रुपमा लिएको छ र आम मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आव्हान गर्दछ ।
३. राप्रपाले यो निर्वाचनमा चमत्कारिक परिणाम निकाल्दैछ । सबै अनुमान र सतही सर्वेक्षण गलत सावित हुनेछन् । पुराना शक्तिहरुमाथि मतदाताको भरोसा टुटेको र नयाँ समुहसंग विश्वास पैदा नभइसकेको अवस्थामा यो निर्वाचन हुन गइरहेको छ । मतदाताको निर्विकल्प छनौट राप्रपा हो, राप्रपाले शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्प अगाडि सारेको छ । इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षणको आवाज उठाउने एकमात्र पार्टी राप्रपा हो, जनताले राप्रपाको एजेन्डा मन पराएका छन् ।
राप्रपाले यसपटक प्रत्यक्षमा बीस भन्दा बढी सिट जित्छ, काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ । आगामी संसदमा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ ।
४. हामीले घोषणापत्र मै लेखेका छौं– राप्रपा सत्ता केन्द्रीत होइन आफ्नो मुद्दा केन्द्रीत हुनेछ । तर सरकारको नेतृत्व गर्ने अवसर आयो भने जनादेशको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको आन्तरिक प्रतिस्पर्धामा समेत नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा सहित अध्यक्ष निर्वाचित भएर आउनुभएको छ । ठूला भनिने दल र नेताहरूको गलत नीति, गलत शैली, अकर्मण्यताका कारण आम युवा वर्गमा राजनीतिप्रति वितृष्णा जागिरहेको बेला राप्रपामा नेतृत्व परिवर्तन भएपछि आशा पलाएको मात्रै छैन युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको छ । स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनमा युवा उमेदवारीको आकर्षण राजेन्द्र लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट सिर्जना भएको हो र यो निर्वाचनबाट सिङ्गो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ । आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन् । स्वभाविक रुपले राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा अध्यक्षले नेतृत्व गर्ने हो, पार्टीले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँछ । अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुन् ।
५. देशको मुहार बदल्न मतलाई मनसंग जोडौं । राप्रपाको हलो चिन्हमा मतदान गरी विराटनगरको सेवा गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।


उद्धब पौडेल
राप्रपा नेता, कार्यसम्पादन समितिका सदस्य
प्रतिनिधि सभातर्फको समानुपातिक उमेदवार, राप्रपा ।

Xtrem
Xtrem

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २१:२७
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्