काठमाडौं– नेपाली चलचित्रका अभिनेता प्रदीप खड्काले भारतमा अन्तर्राष्ट्रिय डेब्यू अभिनेता अवार्ड प्राप्त गरेका छन्।
खड्काले आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यू अभिनेताको अवार्ड जितेका छन्।
अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण अन्तर्गतको फिचर फिल्मतर्फ डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्।
उनले डेब्यू अवार्डका लागि प्रेमगीत– ३ टिमलाई धन्यवाद दिएका छन्। फेस्टिभलमा उत्कृष्ट फिल्म भने हिन्दी फिल्म ‘मास्क’ बनेको छ।
अवार्डका लागि प्रेमगीत– ३ का निर्माता सन्तोष सेनसहितको टोली भारत पुगेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।