काठमाडौं– ललितपुरको बल्खुस्थित एक गेष्ट हाउसमा एक नाबालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेखलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
विहे गरेर भारत लैजान्छु भनेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताए।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने आरोपितलाई बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।