• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवारसमक्ष सुकुम्बासी समस्या समाधान गर्न माग

64x64
रासस सोमबार, कात्तिक २८, २०७९  ११:००
1140x725

मोरङ– आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन्। निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह गरेका छन्।  

‘जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने <’ स्थानीय कमला राजवंशीले प्रश्न गरिन्। कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्ने, मत माग्ने तर  गाउँका समस्या नसुन्ने गरेको गुनासो गरे। 

उनले भने, ‘गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको स्तर झरेर अहिले कक्षा ८ सम्मको मात्र पढाइ हुन्छ।’

‘दुई किमी पश्चिममा विराटनगर महानगरपालिका छ, त्यहाँ विकास भयो तर हाम्रो गाउँमा किन विकास भएन’, प्रश्न गर्दै उनले भने, ‘हाम्रो समुदायका मानिस जनप्रतिनिधि हुन सक्दैन, बाहिरका हुन्छन् त्यसैले हाम्रो गाउँ आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछि परेको छ।’

सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार सिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, नेपाली कांग्रेसका भीम पराजुली, नेकपा (एमाले)का जीवन घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन, जनमत पार्टीका अनिलकुमार झा, मङ्गोल नेशनल अर्गनाइसन पार्टीका शुभराज राई, पूर्वगृहराज्यमन्त्री भीमबहादुर राजवंशी एवं स्वतन्त्र दुई गरी नौ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री घिमिरेले विगत कोभिड महामारीका मतदातालाई पुर्‍याएको सेवा, कोसी कोभिड अस्पताल निर्माण, एक विद्यालय एक नर्सिङ सेवा, सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच विवरण जनतासमक्ष पेस गरिरहेका छन्। 

यसैगरी विराटनगर महानगरपालिकाका निर्वतमान प्रमुख पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणधीन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकुलको सुविधा सम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको सौन्दर्यीकरण करण, कोभिड महामारीमा निःशुल्क एम्बुलेन्स, शववाहन र अक्सिजन सेवा, नगरका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनलगायतका कार्य रहेको जनतासमक्ष पुर्‍याइरहेका छन्। 

विराटनगर महानगरपालिकाको वडा नं १, २, ३, ८ र १० कटहरी गाउँपालिकाको वडा नं १, २ र ३ रहेको यस क्षेत्रमा सबै समुदायको मिश्रित बसोबास छ। यस क्षेत्रमा महिला २५ हजार तीन सय २४, पुरुष २५ हजार तीन सय ७९ गरी ५२ हजार सात सय तीन मतदाता रहेका छन् भने ४० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

विसं २०७४ को प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका घिमिरेले १३ हजार आठ सय पाँच मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वनाथ रिजालले ११ हजार छ सय २५ र सङ्घीय समाजवादी फोरम नेपालका श्रीराम कामतले तीन हजार छ सय २१ मत प्राप्त गरेका थिए। 

गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नं १, २, ३, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएको थियो। उनीहरुले आठ हजार पाँच सय २९ मत प्राप्त गरेका थिए भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच हजार आठ सय ४४ मत प्राप्त गरेका थिए। 
    
यसैगरी कटहरी गाउँपालिकामा एमालेका विजयी दुई वडाध्यक्षसहित तीन जनाले दुई हजार पाँच सय ५४ मत प्राप्त गरेका थिए भने कांग्रेसका एक वडा अध्यक्ष विजयीसहित तीन जनाले दुई हजार छ सय २४ मत प्राप्त गरेका थिए। 

मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, युवालाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुपर्ने माग रहेको छ। विराटनगर–४ का  ७८ वर्षीय मतदाता केशव अधिकारी निर्वाचनमा विजयी भएपछि फर्केर नआउने, भेट हुन समस्या हुने गुनासो गरे। 

कटहरी गाउँपालिका–२ की गृहणी मतदाता विमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालबालिकालाई रोजगारीमूलक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलब्ध गराउने उम्मेदवारलाई मत दिने बताइन्। पूर्वराज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार राजवंशीले यस क्षेत्रका लागि सङ्घीयता स्थापनामा भूमिका, नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे।

यस पटकको उम्मेदवार निर्वाचनको प्रचारप्रसारको क्रममा सचेत देखिएका छन्।  निर्वाचन आचारसंहिता, कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थितरुपमा लैजाने गरेका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:००
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १७, २०८३
मर्स्याङ्दी नदीमा पानीको सतह खतरा तहभन्दा माथि, सतर्क रहन आग्रह बुधबार, भदौ १७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्