सर्लाही– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन्। उनले राष्ट्रियता बलियो पार्न मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेस सप्तरीद्वारा पचगाछीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन्। एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ? सोधेका छन्।
नागरिकताविहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकतासम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाइ थियो।
संसद्ले पारित गराएर पठाएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता विधेयक स्वीकृत गराउने विश्वास दिलाए।
सर्लाही क्षेत्र नं ३ प्रदेश सभा ख का उम्मेदवार हरेश महतोले सत्तागठबन्धनले जितेमात्र मधेशी जनताको अधिकार संरक्षण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।