• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग

64x64
रासस सोमबार, कात्तिक २८, २०७९  ०७:१३
1140x725

काठमाडौं– जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन्।

ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो। यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन्।

सदरमुकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन माग गरिरहेका छन्।

‘हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नुपर्छ। बाटो खराब हुँदा ट्याम्पोलगायत सस्तो भाडाका सवारी ल्याउन सकिन्न’, स्थानीयवासी नरेन्द्र राईले भने, ‘भ्यान र पिकअप ल्याउनु पर्दा सागसब्जीको पूरै दामले पुग्दैन।’ सडकको सामान्य स्तरोन्नति भए पनि पूर्ण नभएको उनीहरुको भनाइ छ।

फिदिमकै वडा नं ११ फलाँटेका स्थानीयवासी सो स्थानमा रहेको पाथीभरा आधारभूत विद्यालयको भवन आधा निर्माण भई अलपत्र बनेको, पर्याप्त शिक्षक नभएको तथा नगरपालिकाले बेवास्ता गरेको जनाउँदै माथिल्ला निकायबाट भए पनि बजेटको व्यवस्था गरिदिन माग गरिरहेका छन्। 

फालेलुङ गाउँपालिका–५ हात्तीखेम्बाका मगर समुदायको गुम्बामा भान्साघर, शौचालयलगायत संरचना आवश्यक छन्। कच्ची संरचनामा हुँदा बर्खामास समस्या पर्ने भएपछि स्थानीयवासीले पक्की संरचना माग गरेको वर्षौं भयो। स्थानीय सरकारले स्थानीयवासीका माग पूरा नगरेपछि अन्य निकायसँग माग गर्ने काम भइरहेको स्थानीयवासी चूडामणि ग्याङ्मी मगरको भनाइ छ।

फालेलुङ गाउँपालिका–४ खुर्बुकको मलौटेमा रहेको खेलमैदानमा वर्षौंदेखि एकादशी मेला लगाइनुका साथै फुटबललगायत खेलकुद प्रतियोगिता आयोजना हुने गरेका छन् तर खेलमैदान व्यवस्थित नहुँदा फुटबल खेल सञ्चालन अपेक्षित रुपमा सहज छैन। उक्त खेलमैदानलाई व्यवस्थित गर्न बजेट आवश्यक परेको तथा खेलमैदानसम्म पुग्ने मोटरबाटो स्तरोन्नति आवश्यक रहेको स्थानीयवासी जङ्गवीर राई बताउँछन्। 

फालेलुङकै वडा नं ४ र ५ का कतिपय टोलमा टेलिफोनको टावर टिप्दैन। मोबाइलमा नेटवर्क नआउने समस्याले आजित स्थानीयवासी समस्या शीघ्र हल गरिदिन माग गरिरहेका छन्। हिलिहाङ गाउँपालिका वडा नं ३, ४ र ५ का स्थानीयवासी मेची राजमार्गको सल्लेरी हुँदै गाउँपालिकाको केन्द्र पञ्चमी जोड्ने सडक कालोपत्रे गर्न माग गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो सरकारले रणनीतिक सडकका रुपमा कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी काम अघि बढाएको भए पनि अहिले आएर बजेट नछुट्टिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। 

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्मुखमा उम्मेदवारसँग स्थानीयवासीले यस्ता कयौं माग राखिरहेका छन्। स्थानीय तहबाट समाधान हुनसक्ने समस्यासमेत स्थानीयवासीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका उम्मेदवारसँग राखिरहेका छन्। स्थानीय तहको ध्यान नपुगेका, बजेट नपुगेका तथा बेवास्तामा परेका बस्ती माथिल्ला सरकारको अपेक्षा गरेर बसिरहेका छन्। कतिपय ठाउँका स्थानीयवासी भने स्थानीय तहको पहुँच नभएका विषय मागका रुपमा राखिरहेका छन्। 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मुख्य जिम्मेवारी नीति निर्माण गर्नु हो तर सांसदकै प्रयासबाट जिल्लामा ठूल्ठूला विकासका कार्य अघि बढेपछि सबै ठाउँका सर्वसाधारण आफ्नो क्षेत्रको विकासको एजेण्डा राखिरहेका छन्।

स्वतन्त्र उम्मेदवार र साना दलका उम्मेदवार विजय हुन सम्भावना कम भएपछि मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायत दलका उम्मेदवारसँग मतदाताले आफ्ना माग बढी रुपमा राखिरहेका छन्। 

यहाँ बस्ती एकीकृत छैनन्, तर सबै बस्तीका माग भने बाह्रैमास चल्ने सडक, खानेपानी, विद्युत्, सिँचाइलगायत छन्। स्थानीयवासीका मागअनुसार न त केही वर्षमै बाह्रैमास चल्ने सडक निर्माण हुन सक्छन्, न अरु सुविधा नै पुग्छ। तै पनि माग सम्बोधन हुने अपेक्षाले स्थानीयवासी उम्मेदवारको ध्यानाकर्षण गराइरहेका छन्। कतिपय स्थानका स्थानीयवासी नेताहरु भोट माग्ने बेलामा मात्रै मुख देखाउने गरेको बताउँछन्। फिदिम नगरपालिका–८ कमेरेका स्थानीयवासी निर्माणधीन खानेपानी आयोजनामा ढिलाइ हुँदा कसैले वास्ता नगरेको गुनासो गरिरहेका छन्। 

जिल्लामा अपेक्षितरुपमा खानेपानी र विद्युत्‌का माग भने कम हुँदै गएका छन्। सुक्खाले प्रभावित कुम्मायक, तुम्बेवा, फिदिम र हिलिहाङमा संघीय सरकारले अढाइ अर्बभन्दा बढी बजेट खानेपानी लगानी गरेपछि खानेपानीका माग केही कम भएका छन्।

जिल्लाका आठै पालिकामा विद्युत्‌को केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि बस्तीसम्म विद्युत् विस्तारका कार्य मात्रै बाँकी भएकाले यससम्बन्धी माग कम भएका हुन्। 

प्रत्येक गाउँ बस्तीमा स्थानीयवासीले अत्यावश्यक विषयलाई नै मागका रुपमा उठाइ रहे पनि तिनको तत्कालै सुनुवाइ हुने स्थिति भने देखिँदैन। उम्मेदवारले आफू विजयी भएमा समस्या समाधान गरिदिने वचन त दिइरहेका छन्, तर उम्मेदवारलाई नागरिकका आवश्यकता पूरा गर्ने सामर्थ्य जुटाउन भने कठिन देखिन्छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १७, २०८३
मर्स्याङ्दी नदीमा पानीको सतह खतरा तहभन्दा माथि, सतर्क रहन आग्रह बुधबार, भदौ १७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्