• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग

64x64
रासस सोमबार, कात्तिक २८, २०७९  ०७:१३
1140x725

काठमाडौं– जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन्।

ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो। यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन्।

सदरमुकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन माग गरिरहेका छन्।

‘हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नुपर्छ। बाटो खराब हुँदा ट्याम्पोलगायत सस्तो भाडाका सवारी ल्याउन सकिन्न’, स्थानीयवासी नरेन्द्र राईले भने, ‘भ्यान र पिकअप ल्याउनु पर्दा सागसब्जीको पूरै दामले पुग्दैन।’ सडकको सामान्य स्तरोन्नति भए पनि पूर्ण नभएको उनीहरुको भनाइ छ।

फिदिमकै वडा नं ११ फलाँटेका स्थानीयवासी सो स्थानमा रहेको पाथीभरा आधारभूत विद्यालयको भवन आधा निर्माण भई अलपत्र बनेको, पर्याप्त शिक्षक नभएको तथा नगरपालिकाले बेवास्ता गरेको जनाउँदै माथिल्ला निकायबाट भए पनि बजेटको व्यवस्था गरिदिन माग गरिरहेका छन्। 

फालेलुङ गाउँपालिका–५ हात्तीखेम्बाका मगर समुदायको गुम्बामा भान्साघर, शौचालयलगायत संरचना आवश्यक छन्। कच्ची संरचनामा हुँदा बर्खामास समस्या पर्ने भएपछि स्थानीयवासीले पक्की संरचना माग गरेको वर्षौं भयो। स्थानीय सरकारले स्थानीयवासीका माग पूरा नगरेपछि अन्य निकायसँग माग गर्ने काम भइरहेको स्थानीयवासी चूडामणि ग्याङ्मी मगरको भनाइ छ।

फालेलुङ गाउँपालिका–४ खुर्बुकको मलौटेमा रहेको खेलमैदानमा वर्षौंदेखि एकादशी मेला लगाइनुका साथै फुटबललगायत खेलकुद प्रतियोगिता आयोजना हुने गरेका छन् तर खेलमैदान व्यवस्थित नहुँदा फुटबल खेल सञ्चालन अपेक्षित रुपमा सहज छैन। उक्त खेलमैदानलाई व्यवस्थित गर्न बजेट आवश्यक परेको तथा खेलमैदानसम्म पुग्ने मोटरबाटो स्तरोन्नति आवश्यक रहेको स्थानीयवासी जङ्गवीर राई बताउँछन्। 

फालेलुङकै वडा नं ४ र ५ का कतिपय टोलमा टेलिफोनको टावर टिप्दैन। मोबाइलमा नेटवर्क नआउने समस्याले आजित स्थानीयवासी समस्या शीघ्र हल गरिदिन माग गरिरहेका छन्। हिलिहाङ गाउँपालिका वडा नं ३, ४ र ५ का स्थानीयवासी मेची राजमार्गको सल्लेरी हुँदै गाउँपालिकाको केन्द्र पञ्चमी जोड्ने सडक कालोपत्रे गर्न माग गरिरहेका छन्।

Ncell 2
Ncell 2

अघिल्लो सरकारले रणनीतिक सडकका रुपमा कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी काम अघि बढाएको भए पनि अहिले आएर बजेट नछुट्टिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। 

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्मुखमा उम्मेदवारसँग स्थानीयवासीले यस्ता कयौं माग राखिरहेका छन्। स्थानीय तहबाट समाधान हुनसक्ने समस्यासमेत स्थानीयवासीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका उम्मेदवारसँग राखिरहेका छन्। स्थानीय तहको ध्यान नपुगेका, बजेट नपुगेका तथा बेवास्तामा परेका बस्ती माथिल्ला सरकारको अपेक्षा गरेर बसिरहेका छन्। कतिपय ठाउँका स्थानीयवासी भने स्थानीय तहको पहुँच नभएका विषय मागका रुपमा राखिरहेका छन्। 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मुख्य जिम्मेवारी नीति निर्माण गर्नु हो तर सांसदकै प्रयासबाट जिल्लामा ठूल्ठूला विकासका कार्य अघि बढेपछि सबै ठाउँका सर्वसाधारण आफ्नो क्षेत्रको विकासको एजेण्डा राखिरहेका छन्।

स्वतन्त्र उम्मेदवार र साना दलका उम्मेदवार विजय हुन सम्भावना कम भएपछि मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायत दलका उम्मेदवारसँग मतदाताले आफ्ना माग बढी रुपमा राखिरहेका छन्। 

यहाँ बस्ती एकीकृत छैनन्, तर सबै बस्तीका माग भने बाह्रैमास चल्ने सडक, खानेपानी, विद्युत्, सिँचाइलगायत छन्। स्थानीयवासीका मागअनुसार न त केही वर्षमै बाह्रैमास चल्ने सडक निर्माण हुन सक्छन्, न अरु सुविधा नै पुग्छ। तै पनि माग सम्बोधन हुने अपेक्षाले स्थानीयवासी उम्मेदवारको ध्यानाकर्षण गराइरहेका छन्। कतिपय स्थानका स्थानीयवासी नेताहरु भोट माग्ने बेलामा मात्रै मुख देखाउने गरेको बताउँछन्। फिदिम नगरपालिका–८ कमेरेका स्थानीयवासी निर्माणधीन खानेपानी आयोजनामा ढिलाइ हुँदा कसैले वास्ता नगरेको गुनासो गरिरहेका छन्। 

जिल्लामा अपेक्षितरुपमा खानेपानी र विद्युत्‌का माग भने कम हुँदै गएका छन्। सुक्खाले प्रभावित कुम्मायक, तुम्बेवा, फिदिम र हिलिहाङमा संघीय सरकारले अढाइ अर्बभन्दा बढी बजेट खानेपानी लगानी गरेपछि खानेपानीका माग केही कम भएका छन्।

जिल्लाका आठै पालिकामा विद्युत्‌को केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि बस्तीसम्म विद्युत् विस्तारका कार्य मात्रै बाँकी भएकाले यससम्बन्धी माग कम भएका हुन्। 

प्रत्येक गाउँ बस्तीमा स्थानीयवासीले अत्यावश्यक विषयलाई नै मागका रुपमा उठाइ रहे पनि तिनको तत्कालै सुनुवाइ हुने स्थिति भने देखिँदैन। उम्मेदवारले आफू विजयी भएमा समस्या समाधान गरिदिने वचन त दिइरहेका छन्, तर उम्मेदवारलाई नागरिकका आवश्यकता पूरा गर्ने सामर्थ्य जुटाउन भने कठिन देखिन्छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दल दर्ताको समय चार दिन थपियो निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । बुधबार, मंसिर १०, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन, आज दल दर्ता गर्ने अन्तिम दिन चुनावमा सहभागिताका लागि १० मंसिरसम्म दल दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । बुधबार, मंसिर १०, २०८२
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगल... शनिबार, मंसिर ६, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्