काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछिको प्रमुखप्रतिपक्षी दलको नेता वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हुने ठोकुवा गरेका छन्।
सुर्खेतमा भएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन्।
‘शेरबहादुरजी, प्रचण्डजी अब सल्लाह गरेर टुङ्गो गर्नुहोस् प्रतिपक्षी दलको नेता को हुने भनेर। मेरो विचारमा शेरबहादुरजीले अलि बढी मत ल्याउनु हुन्छ। अलि बढी सिट ल्याहुनु हुन्छ। उहाँनै हुनुहन्छ,’ ओलीले भने।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाको काम गरेको ओलीले आरोप लगाए।
‘प्रचण्डजीले आफैँ भन्नुभएको छ, तेस्रो शक्ति हुन्छौँ भनेर। उहाँलाई एउटा भ्रम छ आफू जता गयो त्यतै सरकार बन्छ भन्ने। बिचौलिया बनेर खान्छौँ भन्ने। प्रचण्डजी तपाईँको विचौलियाको समय गयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।