• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गृहमन्त्रीको १३१ सिटको दाबी : विपक्षीलाई दबाबमा राख्ने रणनीति कि सूचनाको दुरुपयोग?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  १३:०९
1140x725

काठमाडौं- भनिन्छ, प्रेम र युद्धमा सबै जायज हुन्छ। त्यसैले युद्धका बेलामा विपक्षीलाई कमजोर बनाउन अनेक रणनीति अख्तियार गरिन्छ। जायज र नाजायज सबै गरिन्छ। त्यस्ता रणनीतिको दीर्घकालीन अर्थ र व्याख्या जे सुकै होस्, युद्धमै सामेल भइसकेपछि जितको मात्रै सान्दर्भिकता रहन्छ। महाभारतको युद्धमा 'अश्वत्थामा हतः इति नरो वा कुंजरो वा' भन्ने सन्दर्भ नै छ।

नेपालमा पनि चुनाव नजिकिँदै गएको छ। जसलाई प्रमुख पार्टीका शीर्ष नेताहरुले युद्धकै रुपमा प्रस्तुत गरिरहेका छन्। यो चुनाव सामान्य अवस्थामा नभएको भन्ने नेताहरुको भाषणमा यो चुनावमा हुने जित हारले मुलुकको आगामी यात्रा तय गर्ने सन्देश जति प्रष्ट छ, आफ्नो दल/गठबन्धनले नजिते मुलुकको भविष्य खराब हुने चेतावति पनि उति नै प्रष्ट छ।

शनिबार मात्रै गृहमन्त्री बालकृष्ण खाणले सत्तारूढ गठबन्धनले प्रत्यक्ष चुनाव भै रहेका १६५ मध्ये १३१ सिट जित्ने दाबी गरे। भैरहवामा आयोजित नेपाल दलित संघको कार्यक्रममा एक 'गोप्य अध्ययन' लाई उद्धृत गर्दै गठबन्धन १३१ सिटमा अगाडि रहेको र एमाले २१ सिटमा अगाडि रहेको उनको दाबी थियो।

गृहमन्त्री भएकाले खाणसँग अनेकौँ गोप्य सूचना आइपुग्नु अनौठो होइन। उनी मातहतका निकायलाई परिचालन गरेर उनले अध्ययन गराउनु पनि अनौठो होइन। तर, खाणको यो अभिव्यक्तिले व्याख्याका लागि दुई प्रश्न प्रस्तुत गरिदिएको छ। पहिलो, प्रतिपक्षीलाई दबाबमा राख्ने गठबन्धनको रणनीति अन्तर्गत उनी बोलेका हुन्? दोस्रो, के पदीय जिम्मेवारीमा रहेको व्यक्तिले सार्वजनिक रुपमा गोप्य अध्ययनका रिपोर्ट सार्वजनिक गर्न मिल्छ?

पहिलो प्रश्नतिर जाऔँ। प्रतिनिधि सभाको ठूलो दल नेकपा एमालेले सार्वजनिक रुपमै प्रत्यक्षतर्फ आफ्नो १०० सिट आउने बताइरहेको छ। समानुपातिकतर्फ ५० सिटको लक्ष्य राखेको उसले 'मंसिर चार, ओली सरकार' भन्ने नारा नै तय गरेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि न्युनतम १३८ सिट आवश्यक पर्छ। दुई चार सिट तलमाथि भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउन सकिने एमालेको आत्मविश्वास छ।

Ncell 2
Ncell 2
nimb
nimb

विपक्षी कमजोर रहेको स्थापित गर्ने रणनीति
एमालेको प्रत्यक्ष निर्वाचनतर्फको लक्ष्यभन्दा झन्डै पाँच गुणा कम मात्रै सिट आउने खाणको अभिव्यक्ति विपक्षी कमजोर रहेको भनेर आममानिसमा स्थापित गर्ने रणनीति भएको आकलन गर्न सकिन्छ। चुनावको बेलामा कोही उम्मेदवार/पार्टी हार्दैछ भन्ने मान्यता मतदातामा स्थापित भएमा उसलाई कम मत खस्ने उनको/गठबन्धनको बुझाइ हुनसक्छ। उसै पनि हामीकहाँ आफ्नो आस्था र विश्वासको उम्मेदवार वा दललाई मत दिनेभन्दा पनि 'हार्नेलाई किन भोट दिने?' भन्ने मनोविज्ञान व्यक्त हुने गर्छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल गृहमन्त्री खाणको त्यस्तो दाबी अत्यन्तै आपत्तिजनक, हावादारी, आधारहीन र मनगढन्ते रहेको बताउँछन्। गृहमन्त्रीको दाबी अनुसारको नतिजा आउने सम्भावना नै नरहेको भन्दै उनले त्यस अभिव्यक्तिलाई पराजित मानसिकताको उपज भएको बताए। 'राजनीतिक रुपले एमालेसँग लड्न नसकेपछि, देशभर एमालेको पक्षमा जनलहर देखिएको छ, त्यसलाई सभाहरु र जनपरिचालन मार्फत चिर्न नसक्ने भएपछि मनोवैज्ञानिक रुपमा मतदातालाई प्रभावित पार्न खोज्नुभएको छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'उहाँहरु मनोवैज्ञानिक युद्धमा ओर्लिनुभएको छ।' 

दोस्रो प्रश्न, गृहमन्त्री जस्तो सूचनाको केन्द्रमा रहेका व्यक्तिले प्राप्त सूचनालाई आफ्नो बडप्पन देखाउने गरी सार्वजनिक गर्न मिल्छ? उनी त मनोवैज्ञानिक रुपमै पनि निष्पक्ष निर्वाचन गराउने दायित्वमा हुनुपर्ने हो। अनि उनले आफूले प्राप्त गरेको सूचनालाई प्रतिपक्षी दललाई होच्याउन वा कमजोर देखाउन प्रस्तुत गर्नु नैतिकपूर्ण हुन्छ? अर्कोतिर, उनले मौखिक रुपमा सार्वजनिक गरेको रिपोर्ट आम मानिसको पहुँचमा हुनुपर्ने होइन? 

Xtrem
Xtrem

'गृहमन्त्रीलाई नियमित रुपमा आउने सूचनालाई उहाँले जसरी सार्वजनिक गर्नुभएको छ। यसबाट उहाँले राज्यविरुद्ध अपराध गरेको ठहर्छ। गोपनियताहरु भंग गरेको, गोपनियतालाई आफू अनुकूल बनाएर राज्यको रिपोर्टको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँले झुट कुरा गर्नुभएको छ। यो नेपालमा कस्ता मान्छेहरु मन्त्री पदमा जान्छन् भन्ने निकृष्ट उदाहरण हो', रिजाल भन्छन्, 'यसले निर्वाचन निष्पक्ष हुँदैन, सरकार निर्वाचनलाई जुनसुकै ढंगले प्रभावित पार्न चाहन्छ भन्ने देखिएको छ ।' 

मतदानको दिन नजिकिंदै जाँदा दुवै पक्षबाट यस्ता दावी, प्रतिदावी अरु बढेर जाने सम्भावना त छँदै छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १३:०९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #केपी शर्मा ओली
  • #बालकृष्ण खाण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्