• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गृहमन्त्रीको १३१ सिटको दाबी : विपक्षीलाई दबाबमा राख्ने रणनीति कि सूचनाको दुरुपयोग?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  १३:०९
1140x725

काठमाडौं- भनिन्छ, प्रेम र युद्धमा सबै जायज हुन्छ। त्यसैले युद्धका बेलामा विपक्षीलाई कमजोर बनाउन अनेक रणनीति अख्तियार गरिन्छ। जायज र नाजायज सबै गरिन्छ। त्यस्ता रणनीतिको दीर्घकालीन अर्थ र व्याख्या जे सुकै होस्, युद्धमै सामेल भइसकेपछि जितको मात्रै सान्दर्भिकता रहन्छ। महाभारतको युद्धमा 'अश्वत्थामा हतः इति नरो वा कुंजरो वा' भन्ने सन्दर्भ नै छ।

नेपालमा पनि चुनाव नजिकिँदै गएको छ। जसलाई प्रमुख पार्टीका शीर्ष नेताहरुले युद्धकै रुपमा प्रस्तुत गरिरहेका छन्। यो चुनाव सामान्य अवस्थामा नभएको भन्ने नेताहरुको भाषणमा यो चुनावमा हुने जित हारले मुलुकको आगामी यात्रा तय गर्ने सन्देश जति प्रष्ट छ, आफ्नो दल/गठबन्धनले नजिते मुलुकको भविष्य खराब हुने चेतावति पनि उति नै प्रष्ट छ।

शनिबार मात्रै गृहमन्त्री बालकृष्ण खाणले सत्तारूढ गठबन्धनले प्रत्यक्ष चुनाव भै रहेका १६५ मध्ये १३१ सिट जित्ने दाबी गरे। भैरहवामा आयोजित नेपाल दलित संघको कार्यक्रममा एक 'गोप्य अध्ययन' लाई उद्धृत गर्दै गठबन्धन १३१ सिटमा अगाडि रहेको र एमाले २१ सिटमा अगाडि रहेको उनको दाबी थियो।

गृहमन्त्री भएकाले खाणसँग अनेकौँ गोप्य सूचना आइपुग्नु अनौठो होइन। उनी मातहतका निकायलाई परिचालन गरेर उनले अध्ययन गराउनु पनि अनौठो होइन। तर, खाणको यो अभिव्यक्तिले व्याख्याका लागि दुई प्रश्न प्रस्तुत गरिदिएको छ। पहिलो, प्रतिपक्षीलाई दबाबमा राख्ने गठबन्धनको रणनीति अन्तर्गत उनी बोलेका हुन्? दोस्रो, के पदीय जिम्मेवारीमा रहेको व्यक्तिले सार्वजनिक रुपमा गोप्य अध्ययनका रिपोर्ट सार्वजनिक गर्न मिल्छ?

पहिलो प्रश्नतिर जाऔँ। प्रतिनिधि सभाको ठूलो दल नेकपा एमालेले सार्वजनिक रुपमै प्रत्यक्षतर्फ आफ्नो १०० सिट आउने बताइरहेको छ। समानुपातिकतर्फ ५० सिटको लक्ष्य राखेको उसले 'मंसिर चार, ओली सरकार' भन्ने नारा नै तय गरेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि न्युनतम १३८ सिट आवश्यक पर्छ। दुई चार सिट तलमाथि भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउन सकिने एमालेको आत्मविश्वास छ।

Ncell 2
Ncell 2

विपक्षी कमजोर रहेको स्थापित गर्ने रणनीति
एमालेको प्रत्यक्ष निर्वाचनतर्फको लक्ष्यभन्दा झन्डै पाँच गुणा कम मात्रै सिट आउने खाणको अभिव्यक्ति विपक्षी कमजोर रहेको भनेर आममानिसमा स्थापित गर्ने रणनीति भएको आकलन गर्न सकिन्छ। चुनावको बेलामा कोही उम्मेदवार/पार्टी हार्दैछ भन्ने मान्यता मतदातामा स्थापित भएमा उसलाई कम मत खस्ने उनको/गठबन्धनको बुझाइ हुनसक्छ। उसै पनि हामीकहाँ आफ्नो आस्था र विश्वासको उम्मेदवार वा दललाई मत दिनेभन्दा पनि 'हार्नेलाई किन भोट दिने?' भन्ने मनोविज्ञान व्यक्त हुने गर्छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल गृहमन्त्री खाणको त्यस्तो दाबी अत्यन्तै आपत्तिजनक, हावादारी, आधारहीन र मनगढन्ते रहेको बताउँछन्। गृहमन्त्रीको दाबी अनुसारको नतिजा आउने सम्भावना नै नरहेको भन्दै उनले त्यस अभिव्यक्तिलाई पराजित मानसिकताको उपज भएको बताए। 'राजनीतिक रुपले एमालेसँग लड्न नसकेपछि, देशभर एमालेको पक्षमा जनलहर देखिएको छ, त्यसलाई सभाहरु र जनपरिचालन मार्फत चिर्न नसक्ने भएपछि मनोवैज्ञानिक रुपमा मतदातालाई प्रभावित पार्न खोज्नुभएको छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'उहाँहरु मनोवैज्ञानिक युद्धमा ओर्लिनुभएको छ।' 

दोस्रो प्रश्न, गृहमन्त्री जस्तो सूचनाको केन्द्रमा रहेका व्यक्तिले प्राप्त सूचनालाई आफ्नो बडप्पन देखाउने गरी सार्वजनिक गर्न मिल्छ? उनी त मनोवैज्ञानिक रुपमै पनि निष्पक्ष निर्वाचन गराउने दायित्वमा हुनुपर्ने हो। अनि उनले आफूले प्राप्त गरेको सूचनालाई प्रतिपक्षी दललाई होच्याउन वा कमजोर देखाउन प्रस्तुत गर्नु नैतिकपूर्ण हुन्छ? अर्कोतिर, उनले मौखिक रुपमा सार्वजनिक गरेको रिपोर्ट आम मानिसको पहुँचमा हुनुपर्ने होइन? 

'गृहमन्त्रीलाई नियमित रुपमा आउने सूचनालाई उहाँले जसरी सार्वजनिक गर्नुभएको छ। यसबाट उहाँले राज्यविरुद्ध अपराध गरेको ठहर्छ। गोपनियताहरु भंग गरेको, गोपनियतालाई आफू अनुकूल बनाएर राज्यको रिपोर्टको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँले झुट कुरा गर्नुभएको छ। यो नेपालमा कस्ता मान्छेहरु मन्त्री पदमा जान्छन् भन्ने निकृष्ट उदाहरण हो', रिजाल भन्छन्, 'यसले निर्वाचन निष्पक्ष हुँदैन, सरकार निर्वाचनलाई जुनसुकै ढंगले प्रभावित पार्न चाहन्छ भन्ने देखिएको छ ।' 

मतदानको दिन नजिकिंदै जाँदा दुवै पक्षबाट यस्ता दावी, प्रतिदावी अरु बढेर जाने सम्भावना त छँदै छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १३:०९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #केपी शर्मा ओली
  • #बालकृष्ण खाण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलले पुस १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २०... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्