काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरिरहेका सागर ढकाललाई हाम्रो नेपाल पार्टी (लौरो अभियान)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ४ मंसिरको चुनावपछि बन्ने संसद्मा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।
ढकाल स्वतन्त्र उम्मेदवारको रूपमा सुई चिह्न लिएर निर्वाचनको मैदानमा छन् ।
हाम्रो नेपाल पार्टीका नेताहरूले लौरो चुनाव लिएर ‘लौरो अभियान’ चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।