काठमाडौं– निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार पुकार बमलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ।
राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि पाँच-पाँच हजार जरिवाना गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।