काठमाडौं– सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अल-शबाबका १२ जना लडाकूहरूलाई मारेको एक अधिकारीले बताएका छन्।
रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतंककारीहरुले आक्रमण गर्नेबारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउन प्रतिआक्रमण गरेको थियो।
बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्यूज एजेन्सीलाई बताएका छन्। हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।