काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ को आमनिर्वाचनलाई लक्षित गरी शुक्रबार काठमाडौंमा चुनावी आमसभाको आयोजना गरेको छ। राप्रपाले वसन्तपुरमा उपत्यकाव्यापी चुनावी सभा गरेको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको उक्त सभामा प्रतिनिधि सभा र प्रदेश सभामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले बोल्ने कार्यक्रम थियो।
यसरी उम्मेदवारहरूले बोल्ने क्रममा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले आफ्नो उम्मेदवारी राष्ट्र, राष्ट्रियता र युवाहरूका लागि भएको बताएकी छिन्। कार्यक्रममा उनले यो उम्मेदवारी हाम्रो नभएर तपाईंहरूको भन्दै मतदातालाई हौस्याएकी थिइन्।
‘पुराना दलका नेताहरूले पटक–पटक चुनाव जितेर सत्तामा पुगे ‘आखिरीमा उनीहरूले भष्टाचार गरे, देश बेचेरै छाडे, नेपाल आमालाई रुवाएरै छाडे’, उनले भनिन्, ‘ती भ्रष्ट नेताहरूले पटक–पटक झुक्याएर देश र जनता लुट्दा पनि अभैm उनीहरूलाई भोट दिनुहुन्छ भने तपाईंहरू नै हो यो देश बेच्ने!’
नेत्री पोख्रेलले एमाले सिध्याएर निस्किएको माओवादी अब कांग्रेस सिध्याउन पसेको आरोपसमेत लगाइन्। माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरिहेकोप्रति उनको संकेत थियो।
‘एमालेका साथीहरू, छातीमा हात राखेर भन्नुहोस् मलाई खासै कुरा काट्न मन थिएन तर भन्न वाध्य भए। हिजो एमालेमा माओवादी छिरेर एमाले सिध्यायो, अहिले फेरि कांग्रेसमा छिरेको छ, अब कांग्रेस पनि सिध्याएर निस्कन्छ । त्यो कुरा कांग्रेसका साथीहरूले याद गर्न जरुरी छ,’ उनले सुझाव दिइन्।
पोख्रेलले पुराना नेताहरूले देश बेच्न लागेकाले अब नयाँलाई जिताउन आग्रह गरिन्।
‘मैले अन्य पार्टीहरूको कुरा काटेकी थिइँन, तर आज बाध्य भएकी छु, किनकि, यी पुराना दलका नेताहरूले यो देश बेच्दैछन्, देश बेचिनबाट जोगाउनका लागि पनि म बोल्न वाध्य भएकी हुँ,’ उनले भनिन्।
राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार रहेकी पोख्रेलले पटक–पटक बाहिरबाट ‘टुरिस्ट’ नेताहरूले जितेकालेसो क्षेत्रको विकास नभएको बताइन्।
चुनावपछि जनताको पिरमर्का बुझन् पर्केर आउँदैनन्। ती आयातित नेताहरुका कारण यस क्षेत्रका अधिकांश ठाउँहर अझै पनि रोल्पा-रुकुमको दुर्दशामा रहेको रहेको बताइन्।
‘क्षेत्र नम्बर २ मा पटक–पटक खाली बाहिरबाट आएका ‘टुरिस्ट’ नेताहरूले उम्मेदवारी दिन्छन्। चुनावपछि जनताको पीरमर्का बुझन पर्केर आउँदैनन्,’ उनले थपिन्, ‘ती आयातित नेताका कारण यस क्षेत्रका अधिकांश ठाउँ अझै पनि रोल्पा–रुकुमको दुर्दशामा छन्।’
नेतृ पोख्रेलले दुई छाक टार्नकै लागि अब युवाहरूले विदेशिनु नपरोस् भन्नका लागि आफ्नो उम्मेदवारी दिएको प्रष्ट पारिन्।
‘म आफैँ उद्यमी, व्यवसायी र समाजसेवी भएकाले पनि जनमाझ धेरै समस्या देखेर त्यसको निवारणका मैले उम्मेदवारी दिएकी हुँ’, उनले भनिन्।
पछिल्लो समय धर्ममा धेरै विकृति आएकाको बताउँदै उनले त्यो विकृति हटाउन महाभारतमा कुन्तीको जस्तो रोल खेल्न आफू राजनीतिमा आएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।