• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मत माग्न आउने उम्मेदवारलाई के सोध्ने? यस्ता छन् विज्ञका सुझाव

64x64
सुमित्रा कार्की शनिबार, कात्तिक २६, २०७९  १२:२०
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त छन्। तर, अधिकांश उम्मेदवार पटक–पटक संसद्‌मा पुगिसकेकाहरु नै छन्।

मत माग्दै गर्दा हरेक पटक प्रतिबद्धताहरु जनाउने तर ती प्रतिबद्धता पूरा नगरी पुनः नयाँ प्रतिबद्धता लिएर जनता रिझाउने प्रवृत्ति उम्मेदवार र राजनीतिक दलमा व्याप्त छ। 

अघिल्ला निर्वाचनभन्दा यसपटकको माहोल भिन्न छ। जनताले यसरी झुक्याउने नेतालाई मत नदिने सार्वजनिक रुपमै घोषणा गर्दै आएका छन्। प्रचारका लागि दैलोमा पुगेका उम्मेदवारसँग सवाल जवाफ पनि गर्न थालेका छन्। 

मतदाताले आफ्नो दैलोमा आएका उम्मेदवासरसँग कसरी आफ्ना गुनासा राख्न सक्छन्ः कस्ता कस्ता प्रश्न गर्न सक्छन्? लगायतका विषयमा नेपाललाइभले विज्ञहरुसँग कुराकानी गरेका छ।

विज्ञका सुझावमा उम्मेदवारलाई मतदाताले गर्ने केही प्रश्न 
पूर्व अर्थसचिव तथा अर्थविद् रामेश्वर खनालका अनुसार आगामी निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारसँग मतदाताले गर्नुपर्ने पहिलो प्रश्न हो– संघीयताप्रति उम्मेदवारको प्रतिबद्धता के छ? ‘स्थानीय सरकार र प्रदेश सरकारलाई बलियो बनाउनको लागि उम्मेदवारको प्रतिबद्धता के हुनसक्छ? किनभने अबको भविष्य संघीयताकै हो। यसलाई पटक–पटक परिवर्तन गरेर अगाडि जान सकिँदैन,’ खनाल भन्छन्। 

यसैगरी, मतदाताले उम्मेदवारलाई सोध्नुपर्ने दोस्रो प्रश्न हो– सरकारलाई व्यवस्थापन गर्न सांसदको कर्तव्य के हो? सरकारलाई सावधान बनाउँको लागि तपाईंले के प्रतिबद्धता गर्नुहुन्छ? 

यो प्रश्न सरकारले अर्थतन्त्र सञ्चालन गर्ने, आफ्नो स्थायित्व कायम गर्ने, अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्ने लगायतका कुरा सरकारले गर्ने कामको क्षेत्रमा पर्छ। चुनाव जितेर आएका सांसदले सरकारमा बसे पनि विपक्षमा बसे पनि यो कुरालाई उठाउन सक्छन् र यसमा काम गर्न सक्ने खनालको बुझाइ छ।  

यस्तै मतादाताले उम्मेदवारलाई गर्ने तेस्रो प्रश्न हो– नेपालको अहिलेको भू–राजनीतिक अवस्था गम्भिर बन्दै गइरहेको छ। जसको कारण छिमेकी देशहरुससँग सम्बन्ध बिग्रँदै गएको अवस्था छ। यसकारण अहिलेको अवस्थामा भू–राजनीतिक सन्तुलन कायम गर्न तपाईंको भूमिका कस्तो रहन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी हाम्रो समाजमा रहेका विकृतिमध्ये सबैभन्दा ठूलो भ्रष्टाचार, कुशासन, संस्थाहरुमा राजनीतिकरण, विश्वविद्यालयमा राजनीति, सार्वजनिक संस्थानमा राजनीति, कर्मचारीतन्त्रमा राजनीति  सावर्वजनिक संस्थानमा राजनीतिकरण, कर्मचारीतन्त्रमा राजनीतिकरणलगायतका प्रश्नहरु चौथो हुनुसक्ने खनाल बताउँछन्। यो अवस्थालाई अन्त्य गर्न तपाईंको कस्तो प्रतिबद्धता छ? भनेर मतदाताले उम्मेदवारसँग सोध्नुपर्ने खनालको भनाइ छ। 

यस्तै पार्टीका मान्छे वा स्वतन्त्र उम्मेदवार, जो सुकै भए पनि दोहोरिएर आएका छन् भने उनीहरुसँग पहिलो कार्यकालमा गरेका प्रतिबद्धताहरु कति पूरा भएका छन्? पूरा नभएका प्रतिबद्धताहरु के कारणले पूरा हुन सकेनन्? कुन–कुन प्रतिबद्धताको काम कस्तो अवस्थामा भइरहेको? लगायतका प्रश्नहरु सोध्नुपर्ने पूर्व संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिक बताउँछन्। 

उनी भन्छन्, ‘राजनीतिक दल तथा उम्मेदवार दोहोरिएर आएका छन् भने उनीहरुले गत निर्वाचनमा पनि दल र आफ्नो तर्फबाट घोषणापत्र सार्वजनिक गरेका हुन्छन्। त्यो घोषणापत्रमा के–के काम गर्छु भनेका थिए? ती काम के कति भए? भन्ने विषयमा प्रश्न गर्न सकिन्छ। जस्तै अर्थतन्त्रका बारेमा पनि सोध्न सकिन्छ। स्थानीय विकासको काम कति भएको? के कारणले सबै प्रतिबद्धता पूरा भएनन्? भन्ने प्रश्न गर्नुपर्छ।’

यस्तै मतदाताले दल तथा उम्मेदवारलाई लोकतान्त्रिक गणतन्त्र बनाउन र जनताको शासन सुरक्षित गर्न सरकारमा पुगेर भोलि दलहरुले के काम गर्छन्? भनेर छैठौं प्रश्नका रुपमा सोध्न सक्छन्। 

जनतालाई कस्तो खालको न्याय दिलाउन सक्छन्? जनताको हितमा के–के काम गर्ने प्रतिबद्धता छन्? लगायतका प्रश्नहरु सोध्न सकिने मल्लिक बताउँछन्। 

यस्तै अहिलेका दलहरुले आफू अनुकूल संसद्लाई प्रयोग गर्ने र संसद् विघटन गर्ने, राजनीतिक स्थिरता कायम गर्न नसक्नु र स्वार्थ अनुसार मिल्ने तथा छुट्टिने परिपाटी फेरि दोहोरिन्छ कि दोहोरिँदैन? भनेर प्रश्न सोध्नुपर्ने मल्लिकले बताए। 

यस्तै पुराना उम्मेदवार र दलले सुशासनको पाटोमा विगतमा गरेका कामको समीक्षा गरेर पनि प्रश्न गर्न सकिने सामाजशास्त्री दीपेश घिमिरेको भनाइ छ। 

हिजो सदनमा रहँदा उम्मेदवारले सुशासनको विषयमा के–के काम गरे? कस्ता विषयवस्तु उठान गरे? जनताको अधिकारका लागि के बोले भन्ने विषयमा पनि प्रश्न गर्न सकिने उनले बताए। 

घिमिरे भन्छन्, ‘अहिले मतदाताले उठाउने एउटा प्रश्न भष्ट्राचार निवारण ऐनको विधेयक २०५९ लाई संशोधन गर्ने विधेयक संसद्‌मा टेबलमा देखिन्छ। यसमा पहिलेको प्रगतिशील प्रावधानलाई हटाएर झन् प्रतिगामी ऐन बनाइन लागिएको छ। त्यसको बारेमा तपाईंले के बोल्नु भो? भनेर मतदाताले दल तथा उम्मेदवारलाई प्रश्न गर्ने मौका छ।’

अहिलेको अवस्थामा राजनीतिक दल तथा नेताहरुमा स्वार्थको द्वन्द्व रहेको र यसको कानुन बन्ने भनेर २०५०–५२ सालमै एउटा संकल्प प्रस्ताव जस्तो संसद्‌मा टेबल भएको घिमिरेले बताए। 

उनी भन्छन्, ‘आज करिब ३० वर्ष हुन लाग्यो। त्यसको ऐन जारी भएको छैन। त्यसको बारेमा तपाईंलाई जानकारी छ? तपाईंले के योगदान गर्नुभो? तपाईंले यो विषयमा के धारणा बनाउनु भएको छ? यस्तो प्रश्न पनि गर्न आवश्यक छ।’

यसैगरी, उम्मेदवारलाई मतदाताले देशमा यति ठूलो मात्रामा भष्ट्रचार हुँदा संसद्‌मा के कुरा उठाउनु भो? भष्ट्राचार नियन्त्रणको लागि तपाईंको भूमिका के रह्यो? यसमा तपाईंको धारणा के हो? तपाईंले किन यस्ता विषय पहिाले संसद्‌मा रहँदा उठाउन सक्नुभएन? लगायतका प्रश्न सोध्न घिमिरे बताउँछन्। 

नयाँ उम्मेदवारलाई पनि मतदाताले उनीहरुका प्रतिबद्धता र ती पूरा हुने आधारबारे प्रश्न सोध्न सक्ने बताए। कस्ता खालका प्रतिबद्धता छन्? ती पूरा हुने सम्भावना भएका हुन् कि होइनन्? त्यसमा भ्रष्टाचार नियन्त्रणका विषय समेटिएका छन् कि छैनन्? समयमा काम नहुने अवस्थालाई कसरी सुधार गर्न सकिन्छ? त्यसमा तपाईंको भूमिका के रहन्छ? लगायतका विषयमा प्रश्न गर्नुपर्ने घिमिरेले बताए। 

‘हिजोको दिनमा राज्यको ढुकुटी दोहन गर्ने हजारौं व्यक्तिहरु प्रत्यक्षजस्तो देखिएका छन्। अब आउने नयाँ उम्मेदवारलाई मतदाताले गर्ने अर्को प्रश्न–तपाईं राज्यको ढुकुटी दोहन गर्न लाग्नु हुन्न भन्ने के आधार छ? भोलि तपाईं पनि त्यही ठाउँमा देखिन्नँ भन्ने कसरी विश्वास गर्ने? यसमा तपाईंको प्रतिबद्धता के हो? भन्न सकिन्छ। यस्तै, भोलि तपाईं संसदमा जानुभयो भने सुशासन कायम गर्न संसद टेबलमा कस्तो विधेयक लानुहुन्छ? लगातयका प्रश्न गर्न सकिन्छ’, घिमिरे भन्छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १२:२०
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्