काठमाडौं– अभिनेत्री मनिसा कोइरालाले विश्वश्वरप्रसाद कोइराला र राजा महेन्द्र एक अर्काप्रति आदरभाव राख्ने गरेको बताएकी छन्।
शुक्रबार बसन्तपुरमा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले भनिन्, ‘धेरै पहिले बीपी बा र श्री ५ महेन्द्र सरकार दुवै जना एक–अर्कामा आदर राख्नु हुन्थ्यो। तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएन। त्यतिबेला मुलुकले ठूलो मौका गुमाएको थियो।’
फेरि त्यस्तै अवसर आएको बताउँदै कोइरालाले यो मौका गुमाउन नहुने बताइन्। उनले राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन अनुरोधसमेत गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।