काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रसंशा गरेकी छन्। 
शुक्रबार काठमाडौंको बसन्तुपरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले राप्रपा अध्यक्ष लिङ्देनको मुख हेरेर चुनावी सभामा आएको बताइन्।
उनले भनिन्, ‘म आज यहाँ उभिएको छु। राजेन्द्रजीको मुख हेरेर। लिङ्देनजीको भाषण सुनेर। उहाँले जब भन्नु भएको थियो–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो। त्यो कुरा सुनेर मलाई लाग्यो कि, एउटा असल नेतृत्व लुम्बिनीले पायो। त्यसैले म यहाँ उभिएकी छु उनले भनिनँ,अरुले बिर्सेर होला। तर लिङ्देन जीले बिर्सिनु भएको छैन बीपी बालाई।’
अभिनेत्री कोइरालाले बीपी बाको मेलमिलापको नीति लिङ्देनले आत्मसाथ गरेको भन्दै प्रशंसा गरिन्। राजसंस्था र बहुदलिय पद्धतीलाई एउटै बाटोमा आयो भने नेपाल सुदृढ अपेक्षा व्यक्त गरिन्। 
कोइरालाले राप्रपाको घोषणापत्रमा नेपालले चाहिने कुरामा जोड दिएको बताइन्। उनले राप्रपालाई अत्यधिक मत दिएर विजयी गराउन अपिल समेत गरिन्। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।