काठमाडौं– मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन्। घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो।
मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन्।
बारका सञ्चालक पनि आक्रमण मारिएको आशंका गरिएको छ। एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो। आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशंका सुरक्षाकर्मीले गरेका छन्। आक्रमणकारीको व्यापक खोजी भइरहेको छ।
उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन। पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन्।
ग्वानाजुआन्टोमा इन्धन चोरी एवम् तस्करी पनि बढेको छ। गत महिना राज्यको इरापुटो सहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए।
गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।