काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
यस अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसैअवधिमा २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटामा थियो।
कम्पनीको सञ्चालन आम्दानी बढेपछि नाफा पनि बढ्न बढेको हो। यसले असोज मसान्तसम्म १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ। जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।