काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेद्वार कांग्रेस नेता प्रकाशमान सिंहलाई मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे। ‘अहिलेको निर्वाचन विशिष्ठ छ। सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाइँ हो। उहाँ योग्य व्यक्ति हुनुहुन्छ। स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ।’
त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे। उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘संविधान बन्यो। कार्यान्वयन हुन सकेको छैन। कार्यान्वयनका लागि अवसर दिनुहोस्। संविधानसँगै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै र संस्थागत गर्न र विकास निर्माणलाई अघि बढाउन गठबन्धनलाई मत दिनु आवश्यक हो,’ भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।