काठमाडौं– आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचनमा खटिएका कर्मचारीले सोही केन्द्रबाट समानुपातिक तर्फको मत खसाल्न पाउने भएका छन्।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ। आयोगका अनुसार मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, र वृद्धाश्रममा रहेका व्यक्तिले मतदान गर्न पाउनेछन्।
साथै, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी संकलन गरेका अस्थायी मतदाताहरूले मतदान गर्ने आयोगले जनाएको छ । त्यसका लागि आयोगले ७७ वटै जिल्लाका लागि १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ।
२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको आयोगले बताएको छ।
मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको छ। अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको बताइएको छ।
यी हुन् १४१ मतदान केन्द्रः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।