काठमाडौं– नेपाली लोकदोहोरी क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्ध–विच्छेद भएको छ।
काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन्। जेरीले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दैँ भनेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई! मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु परेको छ।’
उनले अघि लेखेकी छन्, ‘समयले तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्ने छु।’ उनीहरुको सम्बन्ध–विच्छेदको हल्ला यस अगाडि नै चलिसकेको थियो।
दुवै जनाले मिडियामा आएर वैचारिक मतभिन्नता आएका कारणले अलग भएको बताउँदै आएका थिए। जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो। उनीहरुको एक छोरी पनि छन्। दुवै जनाले जुनकिरी दोहोरी साझँ चलाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।