काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा नक्कली मित लाएर हिँडेको टिप्पणी गरेका छन्। गृहजिल्ला झापाको सुरुङ्गामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन्।
‘कांग्रेसका ४–५ सय कार्यकर्ता माओवादीले मारेको थियो। अहिले त्यहि माओवादी काँधमा बोकेर हिँडेको छ। शेरबहादुरलाई बम हानेको थियो, धन्न बाँचेका थिए,’ उनले भने, ‘प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे।’
अध्यक्ष ओलीले शेरबहादुरकै पछि लाग्न जुरेकाले टाउकाको मोल तोकेको बेला प्रचण्ड पक्राउ नपरेकी टिप्पणी गरे। उनले भने, ’शेरबहादुरजीले प्रचण्डको टाउकाको मोल ५० लाख तोक्नुभएको थियो। शेरबहादुरका पछि–पछि लाग्न जुरेको रहेछ र त उनी पक्राउ परेनन्। पक्राउ परेका भए कसैले इनाम लिन्थ्यो।’
उनले अहिले दुईटैले नक्कली मित लाएर कुदिरहेको र चुनावपछि के–के हुँदै जान्छ देखिने बताए। उनले सक्कली मित नभएकाले धेरै नटिक्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।