काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरूले अदालतमा सेटिङ गरेको आरोप लगाएका छन्।
गृहजिल्ला झापामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दा निलम्बित प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको नाम दिँदै न्यायालयलाई विवादमा तानेर गठबन्धनका नेताले हतियार बनाएको आरोप लगाए।
साथै, उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर विभिन्न प्रलोभन दिएको आरोप पनि लगाए।
‘स्वतन्त्र न्यायपालिकामा जनताको आस्था, विश्वास र सम्मान हुनुपर्छ। त्यस्तो न्यायालयलाई विवादमा तानेर हतियारको रुपमा प्रयोग गरेर अनेक किसिमका सेटिङ गरे। यो त प्रधानन्यायाधीशज्यूले संसदीय समितिमा बयान दिँदा भन्नुभएको छ’, उनले भने।
सत्ता गठबन्धनकै सेटिङका कारण सर्वोच्च अदालतजस्तो ठाउँमा हड्ताल गराउने स्थिति बनेको बताए।
‘उनीहरूले सर्वोच्च बार, नेपाल बार एशोसिएसनको दुरुपयोग गरे। न्यायको भाषा बोलिएन । तर्क गरिएन। अदालत जस्तो ठाउँमा दादागिरी देखाइयो। कम्फु–कराते खेलाइयोे। न्यायालयजस्तो ठाउँमा हड्ताल गराउने स्थिति बनाए,’ सर्वोच्च परिसरमा दुई अधिवक्ताबीच कुटाकुट भएकोतर्m संकेत गर्दै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।