काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरपछि सत्ता गठबन्धनको सरकार नबन्ने दाबी गरेका छन्।
बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई फुटेका हाँडीका टुक्रासँग तुलना गरे।
उनले भने, ‘अब देशलाई फुटेका हाँडीका खपटाहरुलाई जोडेर कुनै सरकार बन्नेवाला पनि छैन। फुटेका हाँडीका खपटा जोडेर चारतिर फर्किएकाहरुबाट कुनै काम पनि हुनेवाला छैन। अब देशलाई एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ। देशभक्त शक्ति आवश्यक छ। देशको लागि काम गर्ने, सार्वभौमसत्ता, भौगोलिक अखण्डता स्वाभिमानलाई माथि उठाउन सक्ने त्यस्तो आँट भएको राष्ट्रिय शक्ति आवश्यक छ।’
यसपटक एमालेले जित्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय शक्तिको रुपमा अघाडि बढ्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।