काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले बीच शिष्टाचार भेट भएको छ।
उनीहरुबीच बिहिबार आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भेट भएको आयोगले बताएको छ।
उक्त भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।