विरोसोभ – बेलारुसमाथि ३–१ को जित निकाल्नुका बावजुद नेदरल्यान्ड्सको फिफा विश्वकप २०१८ मा छनोट हुने आशा लगभग सकिएको छ।
युरोप छनोटको समूह 'ए' मा रहेको नेदरल्यान्ड्स १६ अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो स्थानको स्विडेनको १९ तथा शीर्ष स्थानको फ्रान्सको २० अंक छ।
समूहको शीर्ष टिम विश्वकपमा छनोट हुनेछ भने दोस्रो हुने टिमले प्लेअफ खेल्नुपर्नेछ। यो अवस्थानमा शीर्ष स्थानको फ्रान्स र स्वीडेनको बलियो सम्भावना छ भने नेदरल्यान्ड्सको आशा सकिएको छ। सिधै छनोटबाट वन्चित भइसकेको नेदरल्यान्ड्सले अन्तिम खेलमा स्विडेनलाई ७ गोल अन्तरले पराजित गर्नुपर्नेछ।
स्विडेनले अन्तिम खेलअघि लक्जेम्बर्ग ८–० गोलले पराजित गर्दै विश्वकपमा छनोट हुने आशा बाँकी राखेको हो। स्विडेनको जितमा ग्रान्डभिस्ट र ब्रेगले ह्याट्रिक गरे। यता फ्रान्सले भने बुल्गेरियालाई १–० ले हरायो।
सम्बन्धित – नाइजेरिया र कोस्टारिका विश्वकपमा छनोट, यी हुन् अहिलेसम्म छनोट भएका १३ देश
समूह 'बी' मा स्विट्जरल्यान्ड छनोट सम्भावना बलियो बनायो। पोर्चुगलले कम्तिमा प्लेअफमा स्थान सुरक्षित गर्यो। समूहमा स्विट्जरल्यान्डको २७ तथा पोर्चुगलको २४ अंक छ।
स्विट्जरल्यान्ड अन्तिम खेलमा बराबरी पर्याप्त हुनेछ। स्विट्जरल्यान्डले शनिबार भएको खेलमा हंगेरीलाई ५–२ ले हरायो। यता पोर्चुगलले भने एन्डोरामाथि २–० को जित निकाल्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।