काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ छ।
त्यस्तै आज चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला एक हजार दुईसय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।