काठमाडौं– प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयम् उपस्थित भइ स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरणपत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत जानकारीको गराइएको छ।
‘तपाईंलाई आयोगको प.सं.च.नं. २२÷०७९÷८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रचार गरेकोबारे स्पष्टीकरण सोधिएकोमा तपाईंले हाम्रो नेपाली पार्टीको उम्मेदवार भइसकेपछि स्वतन्त्र भनी प्रचारप्रसार नगरेको’ स्पष्टीकरण पत्रमा भनिएको छ ‘आगामी दिनहरूमा पनि प्रचारप्रसार नगर्ने, निर्वाचन आयोगको निर्देशनविपरीत कुनै पनि कार्य नगर्ने’ भनी स्पष्टीकरण पेश गर्नुभएको व्यहोरा अवगत नै होला।’
पत्रमा एकपटक प्रचलित निर्वाचनसम्बन्धी कानून, आयोगको निर्देशन र निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको विषयमा स्पष्टीकरण सोधी सकेको अवस्थामा पुनः सोही कार्य दोहोरिएको देखिएको आयोगले बनाएको छ।
‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’ आयोगको विज्ञप्तिमा भनिएको छ ‘स्पष्ट पार्दै जवाफ दिनु होला,’ स्पष्टीकरणपत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।