गुल्मी– गुल्मीमा माओवादी केन्द्रका क्रियाशील केही नेताहरू पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्।
बुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्र गुल्मीका सदस्य तथा धुर्कोट गाउँपालिका कार्यपालिकाकी पूर्वसदस्य कमला घर्ती, रेसुङ्गा नगर कमिटी सह–सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्वजनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनाल एमालेमा प्रवेश गरेका हुन्।
उनीहरूलाई एमाले जिल्ला अध्यक्ष बालसिङ काउछाले स्वागत गरेका हुन्। उनीहरूको आगमनले सत्ता गठबन्धनलाई ठूलो धक्का लागेको एमालेको दाबी छ।
मंसिर ४ मा हुने निर्वाचनमा माओवादी केन्द्रले विभिन्न दलसँग गठबन्धन गरी पार्टीलाई नै विलय गर्न खोजेकाले एमालेमा प्रवेश गरेको कमला घर्तीले बताइन्।
त्यस्तै, ज्ञानुराम खनालले जनमुक्ति सेनामा रहेर पार्टी र जिम्मेवार नेतालाई काधँमा राखेर अगाडि बढेको तर आफूजस्ता योद्धालाई पार्टीले वेवास्ता गरेको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।