काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यकी उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार–प्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको छ।
विभिन्न सञ्चार माध्यमहरुले स्वतन्त्र पार्टीका उम्मेदवार कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचार प्रकाशित गरेका थिए। सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै आयोगले त्यसप्रति स्पष्ट पारेको हो।
घरदैलो प्रचार–प्रसारको क्रममा घण्टी बजाएर हिँड्दा अरुलाई बाधा–व्यवधान भएको भन्दै सञ्चार माध्यमले कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको कुरा उल्लेख गरेका थिए।
कार्की मेडिकल काउन्सिलको सदस्य भएर सरकारी सुविधा लिएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन्। कार्कीका विषयमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न भन्दै आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।