काठमाडौं– मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गरेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको हो।
कांग्रेसको उम्मेदवारी खाली भएपछि आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो। आयोगको निर्णयानुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने जनाएको छ।
उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेगरी निर्वाचन कार्यक्रम तय गरिएको आयोगले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।