• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मोहनविक्रमको नामबाट होइन, आफ्नै पहिचान बनाउन तेस्रो पटक सांसद बन्ने दौडमा दुर्गा

64x64
कल्पना घिमिरे शनिबार, कात्तिक २६, २०७९  १०:३७
1140x725

काठमाडौं- ‘चुनावी प्रचारको दौरान तपाईंहरुको घरदैलोमा आइपुगेकी छु। यो क्षेत्रमा म आफ्नै पहिचान बनाउन मैदानमा उभिएकी महिला हुँ। सांसदको रुपमा मैले पाँच वर्षमा धेरै काम गरेकी छु। अबको पाँच वर्ष यो क्षेत्रको सेवा गर्ने अवसर दिनुहोस्। प्युठानी जनतासामु मोहनविक्रमको नामबाट होइन, आफ्नै पहिचान बनाउन चाहन्छु।’ 

दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित भएर संसद् भवन पुग्ने योजनाका साथ चुनावी अभियानमा रहेकी दुर्गा पौडेल मतदातासँग यसै भनेर भोट माग्ने गर्छिन्। 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको सर्मथनमा प्युठानबाट संसद् भवन पुगेकी दुर्गा यस पटक एमाले विरुद्ध सोही क्षेत्रमा उम्मेदवार छिन्। यही कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि उनलाई कान्छी भाउजुको भष्मासुर अवतार भनेर गाली-गलोज समेत गरे।

राजनीतिक रुपमा ओलीभन्दा सिनियर मसालका अध्यक्ष मोहनविक्रम सिंहकी कान्छी श्रीमती भनी गरेको ‘कान्छी भाउजु’को टिप्पणीले दुर्गालाई मनमा बिझेको छ। उनले उक्त कुरा सार्वजनिक कार्यक्रम र आफ्ना मतदातालाई पनि भनेकी छन्। 

घरदैलामा व्यस्त रहेकी उनले नेपाल लाइभसँग टेलिफोन कुराकानी हुँदा भनिन्, ‘गठबन्धन भएकाले सजिलै चुनाव जित्ने आधार देखिन्छ।’ 

मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार रहेकी दुर्गा अहिले मतदाता समक्ष विभिन्न प्रतिवद्धता लिएर मत माग्न जाने गर्छिन्।

उनी हरेक भेटघाटमा आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँछिन्। बाटोघाटो, स्वास्थ्य संस्था, विद्यालय लगायतका पक्षमा सुधार गर्न प्रतिनिधि सभामा आवाज उठाउने उनको भनाइ छ। सांसदमा हुँदा थालनी गरेका कामलाई पूर्णता दिन पुःन उम्मेदवारी दिएको उनी बताउँछिन्।

अहिले गठबन्धनबाट उम्मेदवारी दिएकाले चुनावी माहोल आफ्नो पक्षमा भएको दावी गर्छिन् उनी।

nimb
nimb
Ncell 2
Ncell 2

दुर्गा २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन्। २०७४ मा प्युठानबाट चुनाव जितेसँगै दुई पटक सांसद बनेको अनुभव छ। हाल उनी तेस्रो पटक सांसद बन्ने प्रयासमा छिन्। 

दुर्गा विद्यार्थी संगठन र महिला संघबाट राजनीतिमा सक्रिय भएकी हुन्। त्यसमाथि उनमा मोहनविक्रमको राजनीतिको ठूलो छाप छ।

दुर्गा ओखरकोट प्युठानका बिष्णुप्रसाद पौडेल र वुद्धदेवी पौडलको कोखबाट २०२८ असोज ५ गते कपिलवस्तुमा जन्मिएकी हुन्। उनी सानै छँदा बुबा नोकरीका लागि बर्मा गएका थिए। दुर्गा पनि बुबाको साथमा बर्मा गइन्। २०३८ सालमा १० वर्षको उमेरमा बर्माबाट नेपाल फर्किइन्।

बर्माबाट फर्केपछि दुर्गा कपिलवस्तुको श्रीनगरस्थित कनकमुनी माविमा भर्ना भएर माध्यमिक तहसम्मको अध्ययन गरिन्। अध्ययनको क्रममा विद्यालयले अनियमितता गर्यो। विद्यालयको अनियमितता विरुद्ध दुर्गा आन्दोलनमा उत्रिन्। आन्दोलन गरेकाले उनलाई विद्यालयले एसएलसीको फारम भर्न दिएन।

यसबीचमा उनको विभिन्न राजनीतिक र संगठनात्मक गतिविधिमा संलग्नता बढेकाले धेरै समयसम्म नियमित पढाइ छुट्यो। पछि उनले भारतको उत्तर प्रदेशबाट म्याट्रिक, आइए र बिएका परीक्षाहरू प्राइभेट रूपले दिइन्। 

२०४० सालदेखि अनेरास्ववियू छैटौंबाट राजनीतिक यात्रा प्रारम्भ गरिन्। २०४४ मा कपिलवस्तुमा गठन भएको जिल्ला विकास परिषद्को नेतृत्वमा सुरु भएको आन्दोलनमा लाग्दा तीन महिना जेलमा परिन्। जेलमा मोहनविक्रम सिंह गिरफ्तार भएर चार वर्षसम्म बस्दा गरेका संघर्षहरूबारे त्यहाँका बन्दीहरूबाट जानकारी पाइन्। उनमा सिंहप्रतिको आकर्षण बढ्दै गयो। 

२०४६ सालमा गोरखपुरमा भएको अखिल नेपाल महिला संघको दोस्रो सम्मेलनमा दुर्गा केन्द्रीय समितिमा चुनिएकी थिइन्। 

२०५१ सालमा तत्कालीन सरकारले कपिलवस्तुको तिलौराकोटस्थित सग्रहवाको जङ्गलको १६० बिघा जमिन एक जना व्यक्तिका नाममा एग्रोफरेस्ट्रीका लागि दर्ता गरेको बदनियतपूर्ण निर्णयले दुर्गालाई जनताका बीचमा काम गर्ने आत्मविश्वास जुटाइदियो। उनी उक्त दर्ता खारेजीका विरुद्ध गरिएको आन्दोलनकी अध्यक्ष थिइन्।

चार वर्षसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप सर्वोच्च अदालतले त्यो दर्ता खारेज गरिदियो। 

२०५७ वैशाखमा नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहसँग उनको विवाह भयो।  विवाहपछि आफ्ना पतिबाट थप प्रेरणा पाइन्। त्यतिबेला अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै १० वर्षसम्म महिला आन्दोलनमा सक्रिय भइन्। यहीबीचमा गर्भावस्थाका कारण अध्यक्ष पदबाट राजीनामा दिइन्। बालबच्चा हुर्केपछि राष्ट्रिय जनमोर्चामा सक्रिय भएर काम गर्न थालिन्।

संविधान सभा सदस्य निर्वाचन २०७० मा उनले राष्ट्रिय जनमोर्चाका तर्फबाट  समानुपातिक सदस्य रहेर संविधान निर्माणको जिम्मेवारी निर्वाह गरिन्। प्रतिनिधि सभा निर्वाचन २०७४ मा प्युठानबाट निर्वाचित भइन्। 

उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन्। अहिले प्युठानको कम्युनिस्ट आन्दोलनको इतिहासबारे शोधपत्र तयार गर्दैछिन्। उनी राज्यको निर्देशक सिद्धान्त, अनुगमन तथा मूल्यांकन समितिमा समेत कार्यरत छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १०:३७
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #दुर्गा पौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्