काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको निर्वाचन सामान्य र औपचारिक मात्रै नभएको बताएका छन्।
बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबनधनको चुनावी सभालाई सम्बोधन गदै उनले यो निर्वाचन जीवन र मरणबीचको भएको बताए।
सत्ता गठबन्धन जनताको गठबन्धन भएको बताउँदै उनले नेकपा (एमाले)ले बनाएको अर्काे गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्न चाहने र संविधान च्यात्नेहरूबीचको भएको उनले दाबी गरे। लोकतन्त्रविरोधीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाए।
‘यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीबीचको हो। संघीय गणतन्त्र पक्ष्ँधर र यसका विरोधीबीचमा एउटा ठूलो संघर्षको रूपमा यो र्विाचन हुन लागिरहेको छ,’ उनले भने, ‘हामीले दह्रो एकता प्रदर्शन गरेर यो निर्वाचनमा परिवर्तनको पक्षलाई समानता र स्वतन्त्रको पक्षलाई निर्वाचित गराउनु पर्नेछ।’
प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो युद्धमा आमने–सामने भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको रक्षाका निम्ति संविधान सभा र शान्ति हुन जरुरी छ भनेर जनयुद्धको कमाण्डरको हैसियले आफूले उनीसँग नै वार्ता गरेको बताए।
‘देउवाजीले अब नेपालमा शान्ति हुनुपर्छ भनेर पहिलो चोटी मलाई भन्नुभयो। हामी शान्ति वार्ताका लागि तयार भयौं। मैले संविधान सभा हुन पर्यो भनेँ। संविधान सभाबाट संविधान बन्नपर्यो भनेपछि त्यसपछि लगातार कांग्रेसलगायत सात राजनीतिक दलसँग छलफल चलेको हो,’ उनले भने, ‘अन्त्यमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग १२ बुँदे समझदारी भएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।