खलंगा– सत्ता गठबन्धन (लोकतान्त्रीक वाम गठबन्धन)का शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिम प्रदेश केन्द्रित भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धनका नेताहरुले बुधबार दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्।
बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरु दार्चुला पुगेका छन्।
केही दिन अगाडि विपक्षी गठबन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका थिए।
एमाले अध्यक्ष ओलीले एकै दिन दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।