काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढेको छ। अधिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार चार सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर एक हजार दुई सय ९५ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।