काठमाडौं– डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेटको निवेदन दोस्रोपटक पेसी चढेको छ। न्यायाधीशद्धय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।
यसअघि आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। उक्त दिन पेसी २२ औं नम्बरमा मुद्दा तोकिएपछि सुनुवाई सर्यो। बुधबार ३० औ नम्बरमा पेसी रहेको छ।
मुद्दा अन्तिममा पेसी परेकाले आज पनि सुनुवाई हुने सम्भावना देखिँदैन। सर्वोच्च अदालतले कात्तिक १५ गते ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चले कार्की लाभको पदमा बसेको भनि व्याख्या गर्न नमिल्ने भन्दै उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भन्दै र्नको उम्मेदवारी कायम गरिदिएको थियो।
न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो।
अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफसमेत मागेको थियो। सर्वोच्चले आफ्नो निर्णय कार्यान्वयनमा रोक लगाएपछि आयोग शुक्रबार भ्याकेटको निवेदनसहित सर्वोच्च पुगेको थियो।
आइतबार दर्ता भएको उक्त भ्याकेटको निवेदन पहिलो सुनुवाईका लागि पेसी तोकिएको हो। सोमबार उक्त निवेदन सुनुवाई गर्न नभ्याएमा अर्को दिनका लागि सर्ने छ। मंसिर ४ गतेको निर्वाचनका लागि उनी निर्वाचन प्रचारका क्रममा रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।