काठमाडौं– नेपाली कांग्रेसले निवर्तमान सांसद अमरेशकुमार सिंह, केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीवाट निष्कासन गरेको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरूले पार्टीको नीति र सिद्धान्तविपरीत उम्मेदवारी दर्ता गराएको तथा प्रस्तावक र समर्थक बसेको भन्दै कांग्रेसले कारबाही गरेको हो।
कांग्रेसले पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको मंगलबार एक विज्ञप्ति गर्दै केन्द्रीय अनुशासन समितिले जनाएको छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा निर्वतमान सांसद सिंह, चितवनमा बागी दिएका कोइराला, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशी र काठमाडौं– ३ का दीपेन्द्र लामालगायत ७४ जनालाई कारबाही गरिएको उल्ल्ख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।