• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ओनसरीको घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग [पूर्णपाठ]

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २२, २०७९  १६:०७
1140x725

काठमाडौं– सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवानर रहेकी आनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्। 

मंगलबार सार्वजनिक भएको घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटिएको छ। 

घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटकसम्म संसद् विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक  सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पुर्याएकाले उल्लेख छ।

साथै, बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान  संविधानको रक्षकका रुपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी गरिएको छ।

प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाडौं–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा जनाइएको छ।

No description available.

साथै, प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनीकिकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्र्बद्धन गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएका छन्। 

यसैगरी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, प्रयाप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभूति, साथै नागरिकलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखुु– बज्रयोगिनी– घुुमारचोक– डाँडाकटेरी –चौही  भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता गरिएको छ। 

यस्तै, चावहिल–साँखु सडकलाई मापदण्डअनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदी–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सीकोला–नरेफाँट–बालकुमारीहुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम सञ्चालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि घोषणापत्रमार्फत प्रतिबद्धता जनाइएको छ।

शिक्षा र स्वास्थ्य 

पूर्वसभामुखसमेत रहेकी घर्तीले काठमाडौंैं–२ अन्तर्गतका सबै विद्यालयमा अनुसन्धान तथा आविस्कार केन्द्र स्थापना गर्ने घोषणा गरेकी छिन्। यस्तै, संविधानअनुसार निःशुल्क आधारभुत शिक्षा र स्वास्थ्यमाथि जनताको अधिकार स्थापित गराउने सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। 

यसैगरी, सीमान्तकृत गरिब समुुदायका घर–परिवार लक्षित पौष्टिक आहार, सुुत्केरी स्याहार लगायतका विषेश कार्यक्रम संचालन गर्ने र प्रत्येक नागरिक स्वस्थ नागरिक अभियानअन्तर्गत खुला जिमको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ। यस्तै, शंखरापुुर नगरपालिका–३ जहरसिंह पौवामा सुुविधा सम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ।  

महिलाको सशक्तिकरणका लागि उद्यमशीलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजना बनाउने माओवादी केन्द्रकी नेतृसमेत रहेकी घतीले ल्याएको घोषणापत्रमा उल्लेख छ। 

साथै, गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाइ केन्द्रहरूको स्थापना गर्ने बताइएको छ।

त्यस्तै, सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्था, अस्पताल, सडक तथा यातायात, सार्वजनिक मठमन्दिर तथा गुम्बा र शैक्षिक संस्थाहरूलाई अपाङ्गमैत्री बनाउने पनि गठबन्धनले बाचा गरेको छ। 

सुरक्षित सहरः व्यवस्थित बसोबास 

मनोहरा करिडोर र पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको तर्फबाट घर्तीले जारी गरेको घोषणापत्रमा उल्लेख । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङ मार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने बाचा मतदातालाई गरिएको हो। 

यसैगरी, जडीबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यस्तै, आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तीनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने फोहोर र ढल व्यवस्थापन गर्ने, क्षेत्रअन्तर्गतका सबै खोलाहरूमा बग्ने प्लाष्टिकजन्य फोहोरलाई ट्रयाक¥याक निर्माण गरी संकलन गर्ने र उचित व्यवस्थापन गर्ने, पेप्सीकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न हुुन बाँकी सडक खण्डलाई सम्झौताअनुुसार सम्पन्न गराउने, स्मार्ट सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरी उज्यालो, सुन्दर र सुरक्षित सहर बनाउने घोषणापत्रमा उल्लेख छ। 

साथै, कागेश्वरी मनोहरामा खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि गठबन्धनको छ। कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्त, पर्यावरण मैत्री शहर बनाउने प्रतिबता गठबन्धनका उम्मेदवारले गरेका छन्। 

शंकरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन पवद्र्धन गर्ने, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वृहत गुरुयोजना तयार गर्ने बताइएको छ। साथै, सोही अनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केवलकार निर्माणको पहल गर्ने साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने घोषणा काठमाडौं– २ की उम्मेदवार घर्तीले गरेकी छिन्। काठमाण्डौं–२ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती तथा प्रदेश (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेश (ख) मा एकिकृत समाजवादीवाट भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

 

हेर्नुहोस् पूर्णपाठ: 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ!
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्