काठमाडौं– निर्वाचन आयोगले प्रचारप्रसारमा टोपी प्रयोग गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ।
’अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो। यस्तै, रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालीको मतदान रवि लामिछानेलाई भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पनि भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।