काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकारलाई सातुको डल्लोको संज्ञा दिएका छन्।
चुनावी सभालाई सम्बोधन गर्न सोमबार स्याङ्जा पुगेका अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्।
सत्ता गठबन्धन स्वार्थको गठजोड भएकोले आसन्न निर्वाचनपछि यो सातुको डल्लोजसरी फुटेर जाने उनले दाबी गरे।
‘स्वार्थहरूको गठजोड मिलेर यो सरकार बनाउने हो। त्यो पनि संसद्बाट नभएर अदालतमा गएर संविधानविपरीत बनेको अस्थायी सरकार हो। यो अब १५–१६ महिना टिक्ला। त्यसैले, यो खाली सातुको डल्लो हो,’ उनले भने, ‘परमादेशले पानी हालेर जोडेको यो सरकार सुकेपछि भस्याक–भुसुक हुन्छ। त्यसकारण, देशको हितका लागि एमालेको सुदृढ सरकार चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।