• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रदेशका लागि आएन दलहरूको छुट्टै घोषणापत्र, उम्मेदवारका आ–आफ्नै अजेन्डा
64x64
शेरबहादुर ऐर मंगलबार, कात्तिक २२, २०७९  ०८:१४
1140x725

धनगढी– आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनमा मतदाताको ‘मन जित्न’ दलहरुले आफ्ना अजेन्डाहरु सार्वजनिक गरेका छन्, घोषणापत्रमार्फत्। दलहरुले ल्याएको घोषणापत्र संघीय संसद्‌ र सरकारका लागि मात्रै छ। 

अबको चुनावमा बहुमत हासिल गरी आफ्नो सरकार गठन भएमा गर्ने कामको विवरण दलहरुले घोषणापत्रमा समेटेका छन्। जुन विवरण संघीय सरकारको अधिकार क्षेत्रअन्तर्गतका मात्रै धेरै छन्। तर, प्रदेशका अजेन्डाहरुलाई भने दलहरुले समेट्न जरुरी ठानेका छैनन्। 

‘संघीयता कार्यान्वयनको पहिलो अनुभव हामीले हासिल गरेर दोस्रोपटक प्रदेश सभाको चुनावमा जाँदै छौं। तर, दलहरुले प्रदेशका नीतिगत र आर्थिक अजेन्डालाई प्राथमिकता दिनेगरी घोषणापत्र ल्याएको देखिँदैन। घोषणापत्र पनि संघीयताको मर्मअनुसार आउनुपर्थ्यो,’ प्राध्यापक राजेन्द्रबहादुर चन्द भन्छन्। 

चुनावी अभियानमा होमिएर आफ्नो पक्षमा भोट मागिरहेका प्रदेश सभाका उम्मेदवारहरु पनि घोषणापत्र नहुँदा के–कस्ता अजेन्डा जनतामाझ लैजाने भन्नेमा दुविधाग्रस्त छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका एक उम्मेदवार भन्छन्– ‘नीतिगत विषयसँग सम्बन्धित अजेन्डाका लागि भने पार्टीको घोषणापत्र नै राम्रो हो। प्रदेशस्तरका नीतिगत अजेन्डाहरु यस्ता छन् भनेर प्रदेशकै लागि छुट्टै घोषणापत्र जारी गर्नुपर्ने हो।’

प्रदेशानुसार भूगोल, संस्कृति र सामाजिक संरचना पनि फरक हुने भएकाले केन्द्रबाट सबै प्रदेशका लागि एउटै अजेन्डा अगाडि सार्दा प्रभावकारी नहुने प्राध्यापक चन्दको भनाइ छ। ‘प्रदेशमा पनि व्यवस्थापिका र कार्यपालिका छ। प्रदेशको व्यवस्थापिकाले कस्तो नीति बनाउने, कार्यपालिकाले के–कस्ता कामहरु गर्नेभन्ने कुरा जनतलाई स्पष्ट बताएर दलहरुले भोट माग्नुपर्ने हो,’ चन्द भन्छन्। 

०७४ मा पहिलो पटक भएको प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवारले राजनीतिक दलको केन्द्रीय घोषणापत्रकै आधारमा प्रतिस्पर्धा गरेका थिए। विभिन्न राजनीतिक दलको प्रदेश संरचना भए पनि आफना पार्टीका उम्मेदवारका लागि प्रदेश समितिहरूले एकीकृत चुनावी मुद्दा बनाउनतिर ध्यान दिन सकेका छैनन्।

‘विकासका काम प्रदेशगत रुपमा सम्बोधन गर्नका लागि प्रदेश सरकारको व्यवस्था गरिएको हो,’ चन्द भन्छन्, ‘प्रदेशलाई अघि बढाउने विकासका प्राथमिकता दलहरूले घोषणापत्रमार्फत् सार्वजनक गर्नुपर्ने हो। तर, उनीहरूले त्यो गरेका छैनन्।’

प्राध्यापक चन्दका अनुसार संघीयता कार्यान्वयन भएका अन्य देशका प्रदेश र जिल्लामा के–के गर्ने भनेर फरक–फरक मुद्दा उठान गरी दलहरू निर्वाचनमा जाने गर्छन्। ‘हामीकहाँ भने दलहरूले प्रदेशमा सरकार बनाउने, तर प्रदेशका मुद्दा उठान नगर्ने देखियो,’ चन्द भन्छन्, ‘यसले दलहरू संघीयता कार्यान्वयनमा जिम्मेवार छैनन् भन्ने देखिन्छ।’

Ncell 2
Ncell 2

संघीयताको मर्मअनुसार त्यसको कार्यान्वयनका लागि दलहरुको तयारी नपुगेको बताउँछन् चन्द।  ‘दलहरुले संघियताको मर्मअनुसार पूर्ण रुपमा कार्यान्वयन गर्न तयारी पुगेको छैन। त्यस अनुसारको तयारी र बुझाइ पनि भएन,’ चन्दको भनाइ छ। 

अलमलमै पार्टीका प्रदेश समिति
राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को उपदफा (२) मा स्थानीय, प्रदेश र केन्द्रीय तहमा कार्यकारी अधिकार प्रयोग गर्नसक्ने समिति रहने गरी राजनीतिक दलहरुले संगठनात्मक संरचना बनाउनुपर्ने व्यवस्था गरिएको छ। 

कानुनी व्यवस्था कार्यान्वयनका लागि दलहरुले पालिका तथा प्रदेशस्तरमा पार्टीको संरचना निर्माण गरे पनि ‘कार्यकारी’ अधिकारको प्रयोगमा भने केन्द्रको ‘हस्तक्षेप’ रहने गरेको छ। निर्वाचनको लागि घोषणापत्र लेखनमा समेत दलका प्रदेशस्तरीय समितिले अधिकारको प्रयोग गरेनन्, गर्न सकेनन्। 

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह (मनु)ले अहिले पार्टीको प्रदेश समितिले निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्रबारे कुनै तयारी नरहेको बताए । उनले भने, ‘घोषणापत्र तयार गर्दा ९ वटै जिल्ला समितिबाट राय सुझाव, विकासका अजेन्डाहरु संकलन गर्नुपर्छ । यसका लागि समय पनि छैन। त्यसैमा सत्ता गठबन्धन भएकाले गठबन्धन दलले संयुक्त रुपमा घोषणा पत्र तयारी गर्नुपर्ने हुन्थ्यो।’ कांग्रेस मात्र नभइ, कुनै पनि पार्टीले प्रदेश चुनावी घोषणापत्रबारे तयारी नगरेको शाहको दाबी छ। 

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठक भने पार्टीको केन्द्रीय चुनावी घोषणापत्रका आधारमा प्रदेश चुनावी घोषणापत्र बनाउने तयारी गरिरहेको बताउँछन्। ‘हामी केन्द्रीय घोषणापत्र पर्खिएर बसेका थियौं। अब केन्द्रीय घोषणापत्रमा टेकेर प्रदेशका केही महत्त्वपूर्ण आयोजना, योजनाहरु थपेर प्रदेश घोषणापत्र तयारी गर्छौं,’ पाठकले भने। 

नेकपा माओवादीका नेता वीरमान चौधरी पार्टीले प्रदेशको घोषणापत्र तयार नगरेको भए पनि उम्मेदवारले एकल रुपमा आफनो प्रतिबद्धता पत्र (घोषणापत्र) लिइ मतदाता माझ गइरहेको बताउँछन्।  ‘केन्द्रको घोषणापत्र जारी भइसकेको छ। प्रदेश समितिको आफ्नै पनि बनाउने तयारी भएको छैन,’ चौधरीले भने।

उम्मेदवारका आ–आफ्नै अजेन्डा
कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा २ का उम्मेदवार रहेका प्रकाश देउवाको प्रतिवद्धता पत्रमा भनिएको छ, ‘गौरिफण्टा नाका, सेती प्रादेशिक अस्पताल, गेटा विमानस्थल स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण, अत्याधुनिक बसपार्क र बसपार्कमा सार्वजनिक शौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ।’

कैलाली क्षेत्र नम्बर नम्बर ३ का उम्मेदवारहरुले कृषि, पर्यटन,उद्योग–वाणिज्य, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, भाषा, कला, संस्कृति र विविध रुपमा विकास गर्ने भन्दै छुट्टा–छुट्टै प्रतिबद्धतापत्र जारी गरेका छन्। 

कैलाली क्षेत्र नम्बर १ प्रदेश (२) मा गठबन्धनबाट प्रदेश सभा उम्मेदवार समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले पनि भौतिक पूर्वाधारको विषयलाई आफ्नो मुख्य चुनावी अजेन्डा बनाएका छन्।  

कर्णाली करिडोर, मोहनार कर्णाली नदीको त्रिवेणी माथि भेरी/कर्णालीको त्रिवेणी धामको रुपमा विकास गरी टीकापुर क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने, सुकुम्बासीको व्यवस्थापन गर्ने लगायतका अजेन्डा लिएर रावल चुनावी मैदानमा छन्। 

उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्रबाट हुने मागअनुसारको अजेन्डा अगाडि सारेका छन्। जुन कार्यान्वयनमा आउने सम्भावना धेरै न्यून हुन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०८:१४
  • #चुनाव_२०७९
  • #घोषणापत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्