काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अलच्छिनी भएको टिप्पणी गरेका छन्। गण्डकी प्रदेशमा चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘यिनीहरू आयो कि पैसा छैन। जनतासँग मात्र होइन बैंकसँग पनि पैसा छैन कस्तो अलच्छिना!’, ओलीले भने ‘एमाले आउँदा रेल बनाउन, तुइन विस्थापित गर्न र राजमार्ग बनाउन पैसा हुन्छ। तर, अहिले कसरी भएन।’
उनले अहिलेको सत्ता गठबन्धनले लुछाचुँडी गर्ने र भ्रष्टाचारमात्र गर्ने आरोप लगाए। उनले एमाले सरकारमा आउनुभन्दा अघि महिनामा १० किलोमिटर सडक बन्नेमा हरेक दिनमा ६ किलोमिटर र हरेक २ दिनमा २ वटा पुल बनेको दाबी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको सभामा आफूले बोलेको कुराको टिप्पणी गरेकोमा पनि आपत्ति जनाए।
‘मैले नेपालको भूमि नछोड्ने भनेकोमा देउवाले बन्दुक लिएर जाउँ भन्ने खालको कुरा गरे। खासमा हामी संवादमार्फत जमिन फिर्ता ल्याउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।