काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसको पुच्छर भएर झिंगा धपाएको आरोप लगाएका छन्।
एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनलाई काठमाडौंमा उद्घान गर्दै उनले कांग्रेसको पुच्छर भएर झिंगा धपाएर पनि उनीहरूले आफूलाई अझै कम्युनिस्ट भन्ने गरेको भन्दै व्यंग्य गरे।
‘१५ बर्ष पार्टीको नेतृत्व गर्ने अनि पार्टी फुटाउने, अब अझै कति वर्ष नेतृत्व गर्ने १३ वर्ष!’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘माथि नेतृत्वमा बसेर रोजी–रोजी कलिलो–कलिलो, नरम–नरम खाने!’
उनले ठूल–ठूला पद र रोमान्स माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाललाई चाहिनुपर्ने भन्दै उनीहरूकाे खिल्ली उडाए।
‘ठूल–ठूला पद र रोमान्स उनीहरूलाई चाहिने। प्रधानमन्त्री पनि उनीहरूलाइर्ए नै चाहिने, जे पनि उनीहरू नै हुनुपर्ने,’ कटाक्ष गर्दै ओलीले भने, ‘हुँदा–हुँदा एकछिन नपाउँदा कांग्रेसको पुच्छर भएर, चौंरीकाजस्तै झम्के पुच्छर भएर कांग्रेसको झिंगा धपाएर बामपन्थी हुँ भन्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।